नेपालका मस्जिदहरु भारतीय जासुसी एजेन्सीको निशानामा

डिसी नेपाल
१४ भदौ २०७७ ९:१२

काठमाडौं। नेपालका मस्जिदहरु भारतीय जासुसी एजेन्सीको निशानामा परेका छन् । दिल्लीमा आतंकजादी मुस्तकीम पक्राउ परेपछि नेपालका सीमावर्ती क्षेत्रका मस्जिदहरु भारतीय जासुसी एजेन्सीको निगरानीमा परेका हुन् । भारतको खुफिया एजेन्सीले मुस्तकीम दिल्ली जानुअघि नेपालको एक मस्जिदमा बसेको दावी गदै नेपालका मस्जिदमाथि निगरानी बढाएको हो । नेपाल–भारत सीमा क्षेत्रमा रहेका मस्जिदमा हुने कार्यक्रमहरुमा २०१७ देखि नै मुस्तकीमको उपस्थिति हुने गरेको खुलासा भएको भारतीय जासुसी एजेन्सीले दावी गरेको छ ।

भारतीय अखबार दैनिक जागरणका अनुसार खुफिया एजेन्सीले मुस्तकीम यस वर्ष नेपालको सप्तरीमा रहेको मदरसामा आयोजित ३ दिने जलसामा सहभागी भएको दावी गरेको छ । पछिल्लो समय नयाँ बनेका मखरसामा मुस्तकीमको सम्बन्ध हुन सक्ने आशंका गरिएको छ । पछिल्लो एक वर्षमा अस्तित्वमा आएका २५७ मदरसाको खास जाँच गराइएको छ । रिपोर्टका अनुसार मुस्तकीमको नेपालको पिपरा गाउँपालिकामा रहेको मस्जिदसँग पनि सम्बन्धको दावी गरिएको छ । मुस्तकीमलाई नेपालबाट राजनीतिक संरक्षण प्राप्त हुने पनि दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *