मास्कभित्र लुकेका विकृति अनमास्क गर्ने युवाहरुको सकारात्मक हस्तक्षेप

डिसी नेपाल
१४ भदौ २०७७ १०:४३

काठमाडौं । शून्यता र प्रश्न चिह्नले सर्वत्र गाँजेको छ, कर्मचारी, व्यापारी, कृषक विद्यार्थी सबैजनालाई भविष्य अनि भोलिको चिन्ता र बदलिँदो परिवेशको एकतमासको त्रास पनि छ।

पसलहरु बन्द छन्, बिहन ९ः३० सम्म पसलहरु खोलिन्छन्, किन्नेहरुले हरेक सामान यसै समय किन्नुपर्दछ अनि आजभोलि नेपाली शहरका गल्लीहरुमा दिन ढल्दै गएपछि मान्छेहरुका संख्या घट्दै जान्छन्, मान्छेहरु घरभित्र कैद छन् अनि कोरोना भाइरस बजारबजार कुदेको छ शायद।

यानी अर्निणय र अनिश्चयको घडीमा समाज, सरकार अनि संस्थाहरु सर्वत्र बिषम परिस्थिति र कमजोर व्यवस्थापनका प्रशस्त उदहारणहरुका कारण विवादग्रस्त छन्, मास्क भित्रका अनुहारहरुमा अनेकन भावना अनि त्रासहरु छन्, संभावनाभन्दा धेरै चुनौतीहरु छन् अनि अनेकन प्रश्नहरु पनि।

नेपाली भाषी समुदायमा नेपालभित्र र विश्वमा सर्वाधिक धेरै पढिनेमध्येको एक अनलाइन खबरपत्रिका डिसी नेपालले यस शून्य समयको मास्कसँगको मानव सहयात्रालाई ‘द मास्क सिरिज’ नामको युवा छलफल भिडियो सिरिज हरेक १५ दिनमा ल्याउने भएको छ।

द मास्क सिरिजका भिडियो श्रृंखलाहरुमा मास्कभित्रका जीवनयापनका बहुआयामिक पक्षहरुलाई देखाइने अनि हरेक श्रृखलामा नयाँ मुद्धाहरुमा छलफल गरिने छ, सामान्य चियागफको संरचनामा अनौपचारिक तर हामीलाई छोएका मुद्धाहरुमा मास्क सिरिजको छलफल लेखक तथा उद्यमी सुयोग ढकालले सहजीकरण गर्ने छन्। सुयोग ढकाल नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोका दिनविशेष सामग्रीका शोधकर्ता र लेखक पनि हुन्।

उनी संयुक्त राष्ट्र संघका निकायहरुमा लेखक र परियोजना मूल्यांकन प्रभाव कथाहरुका लेखक र बिकासक पनि हुन्। पछिल्लो दशकमा नेपालमा सर्वाधिक सुनिएको रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ मा पनि कार्यक्रम प्रस्तोताका रुपमा सुयोगले कार्य गरिसकेका छन्।

पहिलो अंकमा के छ? यसपटकको ‘द मास्क’ सिरिजमा कोभिड रेस्पोन्समा नेपाल सरकारलाई दवाव दिन युवाहरुको स्वतन्त्र आन्दोलन ईनफ ईज ईनफ आन्दोलनका पर्दावाहिरका अर्थात् सडकमा देखिएका होइन नेपथ्यका नेतृत्व पात्रहरुसँगको कुराकानी प्रस्तुत गरिएको छ।

मास्कको बिम्ब प्रयोग गरेर बास्तविक जीवन अनि भोगाइ र गुनासोहरु समेटिएको यो भिडियो सिरिज हेर्न नुभल्नुहोला है। आखिर कोभिड त्रास अनि रोकथामका सरकारी र सामाजिक तवरहरु र पोष्ट कोभिड विश्व, युवा जगतमा पर्ने प्रभाव, शिक्षा अनि व्यवसायमा पर्ने प्रभाव र समावेशी घाटा सहन गर्ने कन्सेप्टलाई युवाहरुले कसरी ब्याख्या गरेका छन्, यस भिडियो सिरिजमा हेर्न र सुन्न सकिनेछ।

हामी मास्कभित्र छोपिएर मुलुक र मुलुकवासीहरुका बिरुद्ध काम गर्नेहरुको वास्तविक अनुहार देखाउने प्रयत्न पनि गर्ने छौं अर्थात् अनमास्क गर्नेछौं युवाहरुको दवाव र सकारात्मक सोचका माध्यमबाट। द मास्क सिरिज तलको लिंकमा क्लिक गरेर पनि हेर्न सकिनेछ।

https://www.facebook.com/dc.nepal/videos/728520011333851/

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *