त्रिकोण वेभरेजको आक्वा ९९ पानीका जार र प्रशोधन प्रणालीमा समस्या

डिसी नेपाल
१५ भदौ २०७७ १२:४७

काठमाडौं। रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो।

सोमबार महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यो क्रम देखिएको हो। यो देखेर अनुगमनमा रहेका खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भने, बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको बिषय निर्णय पुगेको छैन। गुणस्तर नपुगुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं।’

बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले भने, ‘हामीले पछि अनुमति लिएरै चलाएका हौं।’ तर उनले कसको अनुमतिमा पुनः सञ्चालन गरेको भन्ने विषय खुलाउन सकेनन्।

बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ। श्रेष्ठकाअनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ ।

उनका अनुसार यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ। औद्योगिक क्षेत्रले २ वटा धारा दिएको छ भनेर श्रोत देखाउने श्रेष्ठले यतिले तपाईँको व्यापारको कति प्रतिशत भाग थेग्छ भन्ने प्रश्नको उत्तर दिन सकेनन्।

अनुगमनका क्रममा बेभरेजलाई पुनः सञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि बिभागमा आउन निर्देशन दिइएको छ ।

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मुल्य १५ रुपैयाँ र खुद्रा मुल्य २५ राखिएको छ। यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ।

अनगुमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ। यसै गरी जय हनुमान फुड प्रा. लि. बाट उत्पादन हुने ६६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ ।

औद्योगिक क्षेत्रभित्रै रहेको आधुनिक डेरी प्रोडक्टमा दूध नभएर दूग्ध पदार्थ उत्पादनको काम भएको थिएन। चितवनबाट दिनको ३ गाडी दूध आउँथ्यो। अहिले १ गाडी आउँछ। त्यही पनि समयमा आउँदैन। यता होटल व्यवसाय पनि ठप्प छ । यसकारण आयात र बिक्री दुवै रोकिएको संचालकले बताए।

महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरु सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *