उपत्यकामा २९८ सहित थप ८ सय ९९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०७७ १६:२४

काठमाडौं । सोमबार उपत्यकामा २९८ सहित देशभर ८९९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ८९९ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा १९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जना गरी काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ।

हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २२८ पुगेको छ। गत २४ घण्टामा ११ हजार १२९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *