भारत कोरोनाको नयाँ इपिसेन्टर बन्ने चेतावनी

डिसी नेपाल
१५ भदौ २०७७ २२:३६

नयाँ दिल्ली (एजेन्सी)। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको नयाँ इपिसेन्टर भारत बन्ने चेतावनी दिइएको छ। भारतीय विशेषज्ञहरुले नै यस्तो चेतावनी दिएका हुन्। आइतबार भारतमा एकैदिनमा ७८ हजार ६७१ नयाँ केस रेकर्ड गरिएको थियो। यो विश्वभर एकैदिन फेला परेका सबैभन्दा धेरै संक्रमितको संख्या हो।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारतमा हालसम्म ३.६ मिलियन मानिसहरु संक्रमित भइसकेका छन्। भने लगातार रेकर्ड नयाँ मामिला आइरेका छन्। भारतले एक हप्तामै ब्राजीललाई उछिन्ने विज्ञहरुले भविष्यवाणी गरेका छन्।

र यही रफ्तारमा संक्रमित बढिरहे अमेरिकालाई पनि भारतले उछिन्ने सम्भावना रहेको विज्ञहरुले बताएका छन्। कोरोना भाइरसको पहिलो केस ३० जुनमा पुष्टि भएयताका ७ महिनामा भारतमा अझै पनि तिब्र रुपमा संक्रमण फैलिरहेको भन्दै भारतको खतम स्वास्थ्य संयन्त्र र ठूलो जनसंख्या झन समस्याका रुपमा देखिन सक्ने विज्ञहरुको चिन्ता छ। यस्तो चिन्ता गर्ने विज्ञहरुमा भारतको सरकारी संस्था इन्सिट्युट अफ इपिडियोमोलोजीका सदस्य नमन शाह एक हुन्। उनले भारतीय सञ्चार माध्यममा एक लेख लेखेर यस्तो चेतावनी दिएका हुन्।

उनले कोरोना भाइरसको संक्रमण धनी मुलुकबाट गरिब मुलुकतर्फ अगाडि बढिरहेकोसमेत बताएका छन्। हाल कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुको सूचीको टप टेनमा अमेरिकामात्र विकसित मुलुक हो। अन्य सबै विकासिल र विकासोन्मुख मुलुक छन्। पहिला इटाली, स्पेन र बेलायतमा यो भाइरसले कहम मच्चाएको थियो। अब भारत, पेरु, मेक्सिको, दक्षिण अफ्रिका जस्ता मुलुकमा भाइरस तिब्ररुपमा फैलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *