विश्वमा कोरोना : २ करोड ५४ लाख संक्रमित, ८ लाख ५२ हजारको मृत्यु
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट २ करोड ५४ लाख ९३ हजार १०९ जना संक्रमित भएका छन्। ती मध्ये १ करोड ७७ लाख ६० हजार ४५० जना उपचारपछि निको भएका छन् भने ८ लाख ५२ हजार २१७ जनाको मृत्यु भएको छ। अहिले ६८ लाख ४२ हजार ५६५ जना संक्रमितको उपचार भइरहेको छ।
सबैभन्खा बढी संक्रमित भएको मुलुक अमेरिकामा हालसम्म ६१ लाख ८५ हजार ३३४ जना संक्रमित भएका छन्। त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८७ हजार ३८४ पुगेको छ भने ३४ लाख २९ हजार ६३८ जना उपचारपछि निको भएका छन्।
दोस्रो नम्बरमा रहेको ब्राजीलमा ३८ लाख ६२ हजार ३११ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख २० हजार ८९६ जनाको मृत्यु भएको छ। ब्राजीलमा ३० लाख ३१ हजार ५५९ जना उपचारपछि निको भएका छन्।
तेस्रो नम्बरमा रहेको भारतमा ३६ लाख ७९ हजार ४११ जना संक्रमित पुगेका छन् भने भारतमा ६५ हजार ४०४ जनाको मृत्यु भएको छ। त्यहाँ २८ लाख ३२ हजार ७३८ जना निको भएका छन्।
रुसमा हालसम्म ९ लाख ९५ हजार ३१९ जना संक्रमित भएका छन् भने १७ हजार १७९ जनाको मृत्यु भएको छ। त्यहाँ ८ लाख ९ हजार ३८७ जना उपचारपछि निको भएका छन्।
यसैबीच ग्रीसबाट बेलायत उडान भरेको जहाजका सबै यात्रुमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्न भनिएको छ। बेलायतको हेल्थ एजेन्सी पब्लिक हेल्थ वेल्स (पीएचडब्यू) ले मंगलबार टीयूआई एयरवेजको फ्याइटबाट यात्रा गर्ने सबै यात्रुसँग सम्पर्क गर्न सुरु गरेको छ।
Facebook Comment