माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु

डिसी नेपाल
१६ भदौ २०७७ १९:०१

नेपालगञ्ज । माछा मार्न गएका बाँकेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जङ्गली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर राप्तीसोनारी–२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आफ्नोर खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन् । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरुका कारण आज जमुनाह नाकामा केही समय अप्ठेरो स्थिति सिर्जना हुन पुग्यो । कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाकासमेत बन्द रहेको अवस्थामा कर्णालीलगायत पश्चिमका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको थियो ।

उनीहरुले भारत जानका लागि माग गरिरहेका थिए । “भारतमा राहतकार्ड लिएकालाई छाड्ने गरिएकाले झण्डै १०० जनालाई जमुनहा नाकावाट आज पठाइएको हो”, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *