कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने

डिसी नेपाल
१७ भदौ २०७७ ७:०६

काठमाडौंं। कौसी खेती प्रवर्द्धनका लागि वगमती प्रदेश स्तरीय ‘कौसी क्वीन–२०७७’ फोटो प्रतियोगिता हुने भएको छ।  प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले सो प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताले कौसी खेतीका तरकारी, साना फलफूल तथा पुष्प खेती व्यवस्थापन क्षेत्रलाई समेटेको छ।

यस प्रतियोगितमा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीनवटा फोटो र एउटा भिडियो (अनिवार्य छैन्) फटाउनु पर्नेछ। प्रज्ञान क्रियसन प्रालिका प्रबन्धक मनोज श्रेष्ठले बताए अनुसार फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुनर्पे हुन्छ।

नेपाली वा अंग्रेजी जुनै भाषामा भएपनि फोटोहरु पठाउदा स्पष्ट फोटो तथा ठूलो साइजको इमेलमार्फत पठाउनु पर्ने प्रावधान राखिएको छ। यस प्रतियोगितामा सहभागि हुनका लागि कुनै शुल्क नलाग्ने हलोखबर डटकमले जनाएको छ। साथै यस प्रतियोगितामा वागमती प्रदेशका नागरिकले मात्र सहभागी हुने पाउनेछन्।

प्रतियोगि छनौटका लागि आयोजकले विभिन्न विधि तय गरेको छ। जसमा हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले लाइक, कमेन्ट, शेयर धेरै गर्ने र गर्न लगाउने तथा निर्णायक मण्डलले नम्बर दिएको आधारमा उत्कृष्ट छनौट हुनेछन्। जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ त्यसको आधारमा ६५ तथा निर्णायकको तर्फबाट ३५ प्रतिशतसम्म नम्बर दिन पाउनेछन्।

फोटो भदौं १६ गतेदेखि असोज मसान्तसम्ममा आफ्ना कौसीमा खिचिएका उत्कृष्ट तस्बिर पठाउन सक्नेछन् । कात्तिक १ गते सबै प्रतियोगिको फोटो एकैसाथ हलोखबर डट कमको फेसबुक पेजमा पोस्ट गरिनेछ। कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् र प्रतियोगीले त्यसमा आफ्नो पोष्ट धेरैभन्दा धेरै लाइक, शेयर र कमेन्ट गर्ने तथा गराउन पाउनेछन् । यसैको आधारमा विजेता घोषित गरिने आयोजकले जनाएको छ। यसको नतिजा मंसिर १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ।

सर्वोत्कृष्ट पुरस्कार विजेतालाई ५५ हजार ३५० रुपैँया बराबरको कौशी खेती गर्ने विभिन्न समाग्री प्रदान गर्नेछ । विद्यागत पुरस्कार अन्तर्गत तरकारी खेतीतर्फ २५ हजार ३५० रुपियाँ बराबरको कौशी खेतीका विभिन्न सामाग्री, दोस्रो पुरस्कार १६ हजार ८५० रुपियाँ बराबरका कौशी खेतीका विभिन्न सामाग्री, तेस्रो पुरस्कार १० हजार ५० रुपियाँ बराबारको कोशी खेतीका विभिन्न समाग्री रहने आयोजकले जनाएको छ।

साना फलफूल तथा पुष्प खेती व्यवस्थापन विधातर्फ प्रथम पुरस्कार सात हजार, दोस्रो पुरस्कार छ हजार र तेस्रो पुरस्कार पाँच हजार रुपियाँको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *