विश्वमा कोरोना : २ करोड ५८ लाख संक्रमित, ६८ लाख ५६ हजार सक्रिय विमारी

डिसी नेपाल
१७ भदौ २०७७ ८:३१

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५८ लाख ८९ हजार ८२४ पुगेको छ। तीमध्ये १ करोड ८१ लाख ७२ हजार ६७१ जना उपचारपछि निको भएका छन् भने ८ लाख ६० हजार २७० जनाको मृत्यु भएको छ। हाल ६८ लाख ५६ हजार ८८३ जनाको उपचार भइरहेको छ।

सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा हालसम्म ६२ लाख ५७ हजार ५४८ संक्रमित पुगेका छन्। अमेरिकामा हालसम्म १ लाख ८८ ९ सयको मृत्यु भएको छ भने ३४ लाख ९६ हजार ८९८ जना उपचारपछि निको भएका छन्।

दोस्रो नम्बरमा रहेको ब्राजीलमा ३९ लाख ५२ हजार ७९० जना संक्रमित पुगेका छन्। त्यहाँ १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ। ब्राजीलमा ३१ लाख ५९ हजार ९६ जना उपचारपछि निको भएका छन्।

यसैगरी भारतमा ३७ लाख ६६ हजार १०८ जना संक्रमित पुगेका छन्। भारतमा हालसम्म ६६ हजार ४६० जनाको मृत्यु भएको छ भने २८ लाख ९८ हजार ०८७ जना उपचारपछि निको भएका छन्। यसैगरी रुसमा १० लाख ४८ संक्रमित पुगेका छन्। त्यहाँ १७ हजार २९९ जनाको मृत्यु भएको छ भने ८ लाख १५ हजार ७०५ जना उपचारपछि निको भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *