काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार पार्टीको सूचना, संचार तथा प्रचार विभागलाई पूर्णता दिएका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई यसअघि नै विभाग प्रमुख बनाइएकोमा बुधबार देउवाले विभागलाई पूर्णता दिएका हुन्। विभागको उपप्रमुख सुरेश आर्चायलाई मनोनित गरिएको छ भने सचिवमा दिनेश थापा मगरलाई मनोनित गरिएको छ।
यस्तै देउवाले विभिन्न जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिका ४८ जनालाई सदस्यतमा मनोनित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाएका छन्।
महाधिवेशनको कार्यतालिका बनेर काम शुरु भइसकेपछि महाविधेशन प्रभावित पार्न सभापति देउवाले विभाग गठन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले विरोध गर्दै आए पनि देउवाले एकलौटी रुपमा विभाग गठन गरेका हुन्।
महाधिवेशन भएको २ महिना भित्र विभाग गठन गर्नुपर्ने काँग्रेस विधानमा व्यवस्था भए पनि देउवाले आफ्नो थपिएको कार्यकालमा धमाधम विभाग गठन गरेपछि काँग्रेसमा विवाद चुलिएको छ।
१. गोबर्धन राना मगर, तनहुँ
२. बजरंग नेपाली, महोत्तरी
३. डा. सुरेश आचार्य, सिन्धुली
४. नीर शाह, काठमाडौं
५. नन्दकृष्ण जोशी, बझाङ्ग
६. युवराज गिरी, रुपन्देही
७. कन्हैयालाल केशरी, पर्सा
८. जितेन्द्र यादव, रौतहट
९. विमल ठकुरी, काठमाडौं
१०. हेमन्त कर्माचार्य, बांके
११. गोविन्द कोइराला, सुर्खेत
१२. विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३. डा. अञ्जनी झा, महोत्तरी
१४. समीरजंग शाह, जाजरकोट
१५. गोपाल झा, महोत्तरी
१६. मीनबहादुर भाम, मुगु
१७. विष्णुमणि घिमिरे, सर्लाही
१८. सन्तोष चौधरी थारु, सिरहा
१९. प्रफुल्ल घिमिरे, धनुषा
२०. अञ्जना अर्याल, नुवाकोट
२१. दिपेश विष्ट, काठमाडौं
२२. डा. सञ्जय महतो थारु, चितवन
२३. श्री राजकाजी गुरुङ, कास्की
२४. रामचन्द्र घिमिरे, काठमाडौं
२५.मधुकर खनाल, काभ्रे
२६. गोविन्द परियार, कास्की
२७.विमलचन्द्र विष्ट, ललितपुर
२८. दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९. विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०. नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१. चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)
३२. डा. देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३. बीरेन्द्र बिजुक्छे, कास्की
३४. बसन्त रोकाय, हुम्ला
३५. विपेन्द्र गौतम, पाँचथर
३६. सुसन बैद्य, काठमाडौं
३७. रोहित विश्वकर्मा, भोजपुर
३८. कल्प पौडेल, पाल्पा
३९. देवेन्द्र गौतम, झापा
४०. मोहमद वजीह अर्सद, कपिलवस्तु
४१. तेजशंकर भट्ट, कैलाली
४२. राधा क्षेत्री, पर्वत
४३.टेकराज अवस्थी, डोटी
४४. अनिता शर्मा, पश्चिम नवलपरासी
४५. भेषबहादुर थापा, दैलेख
४६. रमेश जोशी, डडेल्धुरा
४७. सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८. विकल राई, खोटाङ
Facebook Comment