फेरि सर्यो सचिवालय बैठक

डिसी नेपाल
१८ भदौ २०७७ १०:५५

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक सरेको छ। बिहीबार विहान ११ बजे बस्ने तय भएको सचिवालय बैठक बिहीबार दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको हो।

पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो। तर तयारी नपुगेको भन्दै दिउँसो तीन बजेका लागि बैठका सारिएको हो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा बैठक सारिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईँले जानकारी दिए।

तीन बजे बस्ने सचिवालय बैठकमा  उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जाने इच्छाका विषयमा पनि बैठकमा छलफल हुनेछ। उपाध्यक्ष गौतमले पार्टीको निर्णय कार्यान्वयन गर्न पनि आफूलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान राखेका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा लैजाने अडानमा छन्।

गौतमलाई राष्ट्रिय सभमा लैजाने नलैजाने भन्ने विषयमा बुधबार प्रधानमन्त्रीसमेत अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्री ओलीले आफू अर्थमन्त्री खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेको र त्यसका लागि खतिवडालाई नै राष्ट्रियसभामा लैजाने अडान राखेका थिए। तर प्रचण्डले भने यसअघि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न भएपछि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने बताएका थिए।

गौतमले राष्ट्रियसभामा जाने इच्छा व्यक्त गरेपछि नेकपाभित्रको समिकरणले नयाँ मोड लिएको छ। नौ सदस्यीय सचिवलाय बैठकमा गौतमले जसन पक्षलाई साथ दिन्छन्, त्यही पक्षको बहुमत पुग्ने अवस्था छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *