ललितपुरमा मछिन्द्रनाथको रथ तानिरहेका युवाहरुमाथि प्रहरी हस्तक्षेप

डिसी नेपाल
१८ भदौ २०७७ १३:५३

काठमाडौं । ललिपुरस्थित पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तानिरहेका युवाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको र कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन नसकेको अवस्थामा आज युवाहरुले रथ तानिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी तितरवितर बनाएको हो ।

असोजबाट मलमास शुरु हुने भएकाले यसको विधि नपुग्ने भन्दै आजविहानैदेखि रथ तान्न युवाहरु जुटिरहेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रशासनले कुनै पनि प्रकारको सभा समारोह र धार्मिक कार्यमा भेला हुन प्रतिबन्ध लगाएको अवस्थामा जर्वजस्ती रथ तानिएकाले भीड नियन्त्रण गर्नुपरेको जनाएको छ । प्रहरीले पानीका फोहरा र टियर ग्यास प्रयोग गरेर रथ तानिरहेको भिडलाई तितरबितर बनाएको छ ।

प्रशासनको आदेश बिना रथ तानेपछि प्रहरीले रोकेको हो । सरकार रथ तान्नेबारे निर्णय नगर्दै स्थानीय युवा बिहिबार रथ तान्न जागेका थिए । प्रहरीले रोक्न खोज्दा पनि भिड जम्मा भएपछि प्रहरीले कडाई गरेको ललितपुर प्ररिसर प्रमुख एसएसपी टेक प्रसाद राईले बताए । उनले यस्तो बेलामा रथ तान्न नदिइने दाबी समेत गरे । आज विहनैदेखि रथ तान्न पाउनुपर्ने माग गर्दै केही युवाहरुले ललितपुरमा प्रर्दशन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *