नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१८ भदौ २०७७ १५:४४

काठमाडौं। सत्तारुढ दल नेकपा सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन, उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जान देखाएको इच्छालगायतका विषयमा छलफल भइरहेको छ।

अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिनै लाग्दा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन्। प्रधानमन्त्री ओली अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्।

त्यसका लागि अर्थमन्त्रीलाई राष्ट्रियसभामा मनोनित गर्नुपर्ने हुन्छ। तर उपाध्यक्ष गौतमले पार्टीको निर्णय कार्यान्वयन गर्नका लागि भन्दै आफू राष्ट्रियसभामा बताएपछि अर्थमन्त्रीलाई निरन्तरता दिने प्रधानमन्त्रीको योजनामा धक्का पुगेको छ। योसँगै पार्टीभित्रको विवाद समाधानका लागि कार्यादलले बुझाएको प्रतिवेदनमाथि पनि बैठकमा छलफल भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *