बिहे गर्ने र परिआए गाउँ नै छाड्ने सहमतिमा साख्खै दाजुबहिनीबीच यौन सम्बन्ध !

डिसी नेपाल
१८ भदौ २०७७ १९:४३

काठमाडौं। सोलुखुम्बुमा एक आमाले प्रहरीमा हाडनाता करणीको उजुरी दिएपछि निकै सनसनीपूर्ण घटनाको खुलासा भएको छ । उजुरी दिने महिलाका आफ्नै छोराछोरी अर्थात साख्खै दाजु बहिनीले सहमतिमै यौन सम्बन्ध राखेको खुलासा भएको छ । ती दाजु बहिनीले बिहे गर्ने र परिआए गाउँ नै छाड्ने सहमतिमा यस्तो गरेका थिए ।

बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । आफ्ना छोरा र छोरीले हाडनातामै विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौन सम्पर्क गरेको बताएका छन् । उनीहरुलाई पक्राउ गरेर हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *