प्रजिअसँग जानकारी लिँदै उपसमिति

डिसी नेपाल
१८ भदौ २०७७ २३:५६

काठमाडौं। कोभिड–१९ को सम्बन्धमा सरकारका काम कारवाहीको अनुगमन गर्न गठित शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले काठमाडौँ उपत्यकामा सङ्क्रमण फैलिन नदिन भइरहेका प्रयासका बारे यही भदौ २१ गते तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिने भएको छ ।

काठमाडौँ उपत्यकामा महामारी नियन्त्रणका लागि भइरहेका कार्यबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल गरे पश्चात उपसमितिले स्थलगत अनुगमन गर्ने छ । नगरपालिका फोरमका प्रतिनिधि, स्वास्थ्य परिषद्लगायतका पदाधिकारीसँग शुक्रबार सघन छलफल गरी आएका सुझावका आधारमा उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरिने उपसमितिका संयोजक जीवनराम श्रेष्ठले जानकारी दिए। उनले पिसिआर परीक्षण गराई सकेपछि परिणाम नआएसम्म हिँड्डुल नगरी आफ्नै घरमा स्वयं क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन सरोकार पक्षसँग छिट्टै आवश्यक छलफल गरिने बताए।

सङ्क्रमित व्यक्तिको पहिचान गरी सम्बन्धित व्यक्तिलाई समुदायबाट अलग गरी आईसोलेशनमा राख्ने कार्यलाई व्यवस्थित गर्न प्रयोगशाला परीक्षणसँग सम्बन्धित पदाधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित प्रतिनिधि, जनस्वास्थ्यका पदाधिकारीसँग यही भदौ १९ गते उपसमितिले परामर्श लिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *