एउटी युवतीले भारतको रेलवेलाई यसरी हल्लाइदिइन्, अन्ततः हारे रेलवेका अधिकारी

राँची। भारतमा एउटी युवलीले रेवलेको अधिकारीहरुलाई झुकाएको रोचक घटना सार्वजनिक भएको छ । अनन्या नामकी यी युवती आफ्नो अडानमा यसरी अडिइन् कि उनी एक्लैको लागि रेलवेले झारखण्डको डालटनगंजदेखि राज्यको राजधानी राँचीसम्म राजधानी एक्सप्रेस चलाएको छ । राजधानी एक्सप्रेस डालटनगंजबाट राँचीसम्म राँदा उक्त ट्रेनमा अनन्या एकमात्र यात्रु थिइन् । उनलाई डालटनगंजबाट राँची जानु थियो र उनले टिकट लिइसकेकी थिइन् ।
दैनिक जागरणका अनुसार टाना भगलों आन्दोलनका कारण रेल चल्न सकेको थिएन । रेलवेका अधिकारीहरुले उनलाई बस, कार वा अन्य वैकल्पिक साधनबाट राँची पठाउन प्रयास गरे तर उनले आफ्नो अडान छाडिनन् । अन्ततः रेलवेका अधिकारीहरुले हार मानेर साँझ करिब ४ बजे डालटनगंजबाट रेल गया लगेर गोमो, बोकरो हुँदै राँचीको लागि ट्रेन चलाए । राती करिब पौने २ बजे ट्रेन राँची पुग्यो ।
खासमा यो ट्रेनको लागि ९३० यात्रुले टिकट काटेका थिए । आन्दोलनका कारण ट्रेन रोकिने भएपछि ९२९ जना यात्रुलाई रेलवेले बसमार्फत राँची पठाइसकेको थियो र अनन्या मात्र बाँकी थिइन् । समाचारमा रेलवेको इतिहासमा एक जना यात्रुलाई छोड्नको लागि ५३५ किलोमिटर ट्रेन चलेको सम्भवतः यो पहिलो घटना हुन सक्ने भनिएको छ ।
Facebook Comment