सीमामा भारतविरोधी प्रदर्शन गर्नको लागि चीनले नेपाललाई अढाइ करोड दिएको हो ?

डिसी नेपाल
१९ भदौ २०७७ १३:२२

काठमाडौं। हिजोदेखि भारतका ठूला मिडियाहरुमा एउटा समाचार निकै प्राथमिकतामा साथ प्रकाशित भइरहेको छ । समाचार एजेन्सी आइएएनएसको यो समाचारमा चीनले नेपालमा रहेका विभिन्न संघ संख्याहरुलाई अढाइ करोड नेपाली रुपैयाँ दिएको दावी गरिएको छ । समाचारमा यो रकम नेपाली संस्थाहरुलाई भारतसँगको सीमा क्षेत्रमा भारतविरोधी प्रदर्शन गर्नको लागि दिइएको दावी गरिएको छ ।

यो समाचार भारतका धेरैजसो मिडियाले प्रकनशित गरेका छन् । यो समाचार प्रकाशित गरेर भारतीय मिडियाहरुले नेपालविरुद्ध अर्को प्रोपोगाण्डा फैलाउने प्रयास गरिरहेका हुन् । पछिल्लो समय नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागभित्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतीय मिडियाहरु नेपालविरुद्ध अत्यन्तै तल्लो स्तरमा ओर्लिएर समाचार प्रकाशन र प्रसारण गर्न सकेत पछि परेका थिएनन् । यस्तोमा यो समाचार उनीहरुलाई मसला भएको छ ।

इन्टेलिजेन्स एजेन्सीको अवाला दिँदै लेखिएको यो समाचारमा दावीलाई पुष्टि गर्न सक्ने कुनै पनि आधार छैन । न त यो समाचारमा कुनै तथ्य नै छ । समाचारमा १७ सय किलोमिटरमा फैलिएको नेपाल–भारत सीमामा प्रदर्शन गर्न रकम दिइएको दावी गरिएको छ तर कुन संस्थालाई रकम दिइयो भन्ने नै उल्लेख छैन । समाचारमा विभिन्न संस्थाहरुलाई रकम दिइएको मात्र भनिएको छ ।

समाचारमा उद्धृत गरिएको इन्टेलिजेन्स एजेन्सीले नेपालस्थित चिनियाँ दूतावासले रकम दिएको भन्नेबाहेक अरु केही भनेकै छैन । न कुन संस्थालाई दिएको भन्ने खुलेको छ न कहिले दिएको भन्ने खुलेको छ । यतिसम्म कि समाचारमा अर्का एक सरकारी अधिकारीको भनाइ उद्धृत गरिएको छ । समाचार यतिसम्म आधारहीन छ कि ती अधिकारी कुन देशका हुन् भन्नेसम्म प्रस्ट छैन । समाचार सुमित कुमार सिंहले लेखेका हुन् र समाचारमा उनीबाहेक अर्को कुनै व्यक्तिको नामसमेत छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *