वरुण धवनसँग रोमान्स गर्दै कट्रिना
काठमाण्डौ । अभिनेता वरुण धवन र अभिनेत्री कट्रिना कैफको जोडी अब पहिलोपटक ‘एबीसीडी-३’ मा देखिने भएका छन् । रेमो डिसूजाको आउँदो फिल्ममा कट्रिनाले वरुण धवनसँग रोमान्स गर्ने भएकी छिन् ।
खबरका अनुसार सो फिल्म आउँदो जनवरीबाट छायांकन हुदैछ । कट्रिनाले यस फिल्ममा आइटम डान्स गर्दैछिन् । फिल्मका कहानी भारतीय र पाकिस्तानी डान्सरको कथामा आधारित छ । वरुणले भारतीय डान्सरको भूमिका निर्वाह गर्नेछन् भने कट्रिना पाकिस्तानी डान्सरको भूमिकामा छिन् ।
यस फिल्म आउँदो वर्ष २०१९ को नोभेम्बर ८ मा प्रदर्शन हुँदैछ । ‘एबीसीडी २’ मा काम गरेका धर्मेश पनि यस फिल्ममा हुनेछन् । अभिनेत्री कट्रिना हाल सलमानको ‘भारत’मा व्यस्त छिन् भने वरुण ‘कलंक’मा व्यस्त छन् ।
प्रतिक्रिया
Facebook Comment