१९ दिनमा थपिए १७ हजार नयाँ संक्रमित, मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढ्यो

डिसी नेपाल
१९ भदौ २०७७ १७:४८

काठमाडौं। भदौ १ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा जम्मा २७ हजा। २४१ जना संक्रमित भएको जानकारी दिइएको थियो। शुक्रबार भदौ १९ गते आयोजना गरिएको प्रस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको जानकारी दिए। अथवा यो १९ दिनमा नेपालमा १६ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार नेपालमा एकैदिन सबैभन्दा धेरै संक्रमित थपिएको रेकर्ड बन्यो। शुक्रबार १ हजार ३ सय ५९ जना संक्रमित भएका छन्। भदौ लागेपछि संक्रमित हुनेको दर ह्वात्तै बढेको छ।

माघ १९ मा पहिलो केस देखिएको थियो भने चैत ४ मा दोस्रो केस देखिएको थियो। त्यसपछि सरकारले देश व्यापी लकडाउन लगयो। लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढिरह्यो। तर, सरकारले असाढ १ गतेबाट लकडाउन खुकुलो पार्यो भने साउन ६ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो।

तर, लकडाउन अन्त्य भएको घोषणापछि नेपालमा संक्रमण दर र मृत्यु दर निकै बढेको छ। शुक्रबारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

प्रवक्ता गौतमले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ द्दण्टामा १४ जनाको मृत्यु भएको थियो। एकै दिन यति धेरैको मृत्यु भएको पनि यो नयाँ रेकर्ड हो।

नेपालमा पहिलो मृत्यु जेठमा भएको थियो। लकडाउन अन्त्यको घोषणा हुँदा साउन ६ गतेसम्म ४४ जनाको मृत्यु भएको थियो। भदौ १ गतेसम्म १०७ जनाको मृत्यु भएको थियो। तर, भदौपछि मृतकको संख्या ह्वात्तै बढेको छ। पछिल्लो १९ दिनमा थप १६४ जनाको मृत्यु भएको छ।

भदौ १ मा सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेकोमा शुक्रबार भदौ १९ गते यो संख्या बढेर १८ हजार ४०४ पुगेको छ। शुक्रबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको थियो। यी मध्ये १ हजार ३५९ जनाको रिपोर्ट पोजेटिभ देखियो। अथवा संक्रमण दर ९.९७ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा संक्रमण मुक्त भएका जिल्लाहरुमा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र मुगु रहेका छन्। यस्तै ५० सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, बारा, धनुषा पर्सा, सर्लाही, रौतहट, सिराह, चितवन, रुपन्देही, काठमाडौं र ललितपुर छन्। यी मध्ये ४ वटा जिल्लामा मात्र पछिल्लो एक महिनामा देखिएका नयाँ संक्रमित मध्ये ७० प्रतिशत रहेको स्वास्थ्य विद्हरुले बताएका छन्। यस्तै नेपालमा पछिल्लो महिना देखिएका संक्रमित मध्ये ९६ प्रतिशत स्थानीय हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *