भ्रष्टाचार रोक्ने र भ्रष्टाचारीलाई ठोक्नेहरुको कथा
‘बाबु, देशबाट भ्रष्टाचार त खत्तमै भयो रे। भ्रष्टाचारीलाई टाउको उठाउन नसक्ने गरी थला बसाल्ने र जति माथिका भएपनि आप्mनै औकातमा खसाल्ने काम भइरहेको अनि भ्रष्टाचारबिरुद्ध काम गर्ने निकायहरु त्यहीअनुसार अगाडि गइरहेको सुन्दा यस्तो अबस्थामा खुसी त लाग्ने नै भयो।
उहिले हाम्रा पालामा पनि भ्रष्टाचार हुन्छ रे, फलानालाई कडा कारबाहीले छुन्छ रे, फलानोलाई मुद्दा लाग्यो रे, फलानो कारबाहीबाट बच्न भाग्यो रे, फलानो नराम्ररी फस्यो रे, फलानो जेलमै बस्यो रे भन्नेजस्ता खबरहरु सुनिन्थ्यो।
अचेलचाहिँ भ्रष्टाचार भयो रे भन्ने खबर सुनिन्छ तर कारबाही भएको खबर चाहिँ त्यति सारै सुनिँदैन भनेपछि कारबाही गर्न पर्ने खालका भ्रष्टाचार नभएका र धेरै मान्छेहरु भ्रष्टाचार गर्नेतर्फ नगएका होलान भन्न सकिन्छ, होइन त?’
हत्तपत्त जो पायो उहीसित कुरा नगर्ने र राम्ररी हिँडडुल गर्न पनि नसक्ने अबस्थामा पुगेर सोफामा अढेस लगाएर आरामसित बसेका मितबाले गफ गर्ने सुर कसेका देखेर उत्तमलाई खुसी लाग्यो।
‘कोशिस हुँदै छ मितबा। सबैले आप्mनो ठाउँबाट सहयोग गरे भने भ्रष्टाचारलाई पुरै निर्मुल पार्ने र यसलाई शून्यमा झार्ने महान अभियानमा हामी लागेकै छौँ। मितबाको आशीर्वादले अहिलेसम्म राम्रै पनि भएको छ।’ मितबाको अलि नजिक सर्दै र मितबाले ओढेको खास्टो मिलाइदिएजस्तो गर्दै उत्तमले भन्यो।
‘भ्रष्टाचार भनेको त क्यान्सर जस्तै हो बाबु, यसलाई फैलन दियो भने सबै ठाउँ मैलन जाने हुनाले कुनै हालतमा पनि यसलाई बढ्न दिन हुँदै हुँदैन। तिमीहरु भ्रष्टाचारको छानबिन गर्ने, रोकथाम गर्ने, त्यस्तो कामलाई रोक्ने र कसैले भ्रष्टाचार गरेको पाइएमा त्यसलाई भविष्यमा समेत टाउको उठाउन नसक्ने गरी ठोक्ने निकायमा काम गर्ने मौका पाएका कर्मचारीहरुले पहिलेकाले सिकाएअनुसार ज्यादै राम्रोसित काम गरेका र आप्mनो कर्तब्यलाई सर्बोपरि मानेर अघि सरेका छौं रे भनेको सुन्दा मलाई पनि आनन्द लाग्छ, उत्तम बाबु।’ मुखबाट बगेको र्याल रुमालले पुछ्दै बुढाले भने।
सबैलाइ चुनाव खर्च दिने, ठूला ठूला ब्यबस्था मिलाइदिने, घरखेत बंगला दिलाइ दिने, छोराछोरीको पढाइ लेखाइदेखि बिहेबारी खर्च मिलाइ दिने, बिदेश भ्रमणको सबै ब्यबस्था मिलाइ दिने, स्वदेश बिदेश सबै ठाउँमा औषधि उपचारको ब्यबस्था मिलाइ दिने, भोट बैँक सुरक्षित राख्न मदत पुर्याउने, दैनिक आबश्यकतालाई पूरा गरिदिने, सुरा सुन्दरीको ब्यबस्था मिलाउने आदि आदि जस्ता सहयोगीहरुलाइ माथिको इसारा अनुसार नै उनीहरुको चाहनाअनुरुप कार्यालयका सबैले सक्दो सहयोग गर्नै परिहाल्यो
मितबा आफ्नाे जमानाका नाम चलेका र भाग्य बलेका कर्मचारी। यिनी पनि पहिले भ्रष्टाचार रोकथाम गर्ने कार्यालयमा धेरै बर्ष काम गरेका र ठाउँ ठाउँमा मजाले चरेका कर्मचारी। दर्जा त्यति ठूलो नभए पनि यिनको पहुँच त्यस बेलाका माथिल्लो तहका नेता, कार्यकर्ता, कर्मचारी, उद्योगी, ब्यापारी, बिचौलिया, तस्कर, डन, बिभिन्न ब्यवसायका सँचालक आदिका साथै आर्थिक कारोवार हुने सबै क्षेत्रमा यिनको नेत्र पुगेको थियो।
यिनले जागिरमा हुँदा जानेसम्म र परिस्थितिले मानेसम्म कसैको पनि मन दुखाएनन्। सबैलाई आपूmले सकेको सहयोग पुर्याए। सबैको काम खोजीखोजी गरिदिने र कसैलाई अप्ठ्यारो नपर्ने गरी जस्तो काम पनि मिलाइदिन अघि सरिदिने यिनको राम्रो बानीले गर्दा तलदेखि माथिसम्मका सबैजनाले यिनलाई सम्झन्थे।
सबैसित राम्रो मुखले बोल्ने र काम सकिएपछि आप्mनो औकातअनुसारको मात्रै मुख खोल्ने गरेर यिनले आप्mनो सँगतमा आउने सबैले राम्रो सेवा पाउने ब्यवस्था मिलाएका थिए। त्यही भएर पुराना मान्छेहरुले यिनलाई अहिले पनि सम्झन्छन्। उत्तमका बुवा पनि यिनीसँगै काम गरेका र यिनको मन परेका कर्मचारी हुन्।
त्यसबेला भ्रष्टाचारको रोकथाम गर्ने निकायमा काम गर्ने मध्ये पनि यी दुईजनाको जोडी खुब जमेको र आप्mनो काममा रमेको थियो। आपूmहरुले सेवा गरेको निकायको महत्व बुझेर दुबैजनाले छोराहरुलाई पनि यही निकायमा काम गर्ने मौका दिलाएका र पुख्र्यौली रस पिलाएका छन्।
आफूले पनि भ्रष्टाचार निवारणमा प्रशस्त योगदान दिन सकेको हुनाले दुबै बुढाहरुले राम्रै मेहनत गरेर छोराहरुलाई पनि त्यहीँ काम गर्ने ब्यवस्था मिलाउन सकेकोमा सन्तुष्ट छन्। त्यहाँको भित्री कुरो र अझ त्यसको चुरो यस्तैले राम्ररी बुझ्ने हुनाले छोराहरुले पनि भ्रष्टाचार निवारणमा ठूलो योगदान पुर्याइरहेका छन्।
‘उहिले तपाइँहरुका पालामा पनि भ्रष्टाचार भयो भन्ने हल्लाहरु यस्तै गरेर चल्थे त मितबा?’ उत्तमले सोध्यो। ‘हल्ला त चल्थे नि किन नचल्नु। हामी त्यहीँ काम गर्नेले खासै त्यस्तो देख्दैनथ्यौँ। बाहिर बाहिरचाहिँ हल्ला निकै सुनिन्थ्यो।’ बुढाले जवाफ दिए।
‘ ए, अचेलजस्तै रहेछ। त्यहीँ काम गर्ने जिम्मा पाएका हामीले नदेख्ने तर बाहिर चाहिँ ठूलो भ्रष्टाचार भइरहेको छ भनेर हल्ला त चलेकै हुन्छ। पहिले र अहिलेको हल्लामा खासै फरक रहेनछ।’ बुढाको कुरालाई नै बल पुग्नेगरी उत्तमले भन्यो।
‘ठाउँ उही हो,काम उस्तै हुन्, मान्छे उस्तै हुन, भ्रष्टाचार गर्नेहरु पनि उस्तै हुन, त्यसलाई रोकथाम गर्ने तिमी हामीजस्ता कर्मचारी पनि उस्तै हुन, हल्ला गर्नेहरु पनि उस्तै हुन भनेपछि समय र मान्छे मात्रै फेरिएको हो अरु त सबै उस्तै त हो नि बाबु,’ बुढाले भने।
‘मितबाले एकदमै ब्यबहारिक कुरा गर्नु भयो। सबैतिर उस्तै त हो नि । तर मितबाहरुका पालामा जस्तै अहिले पनि हामीले भ्रष्टाचारीहरुलाई भेटेसम्म छाडेका छैनौँ। त्यसैमा हामीलाई गर्व छ। तपाइँहरुले सिकाएको बाटो हिँडेर नै हामीले यस कार्यलाई राम्ररी टिकाएका छौँ,’ उत्तमले भन्यो।
धर्मकर्म र धार्मिक सँघ संस्थाहरुमा पनि माथिल्लो स्तरकै गुरु बाबाहरुसित उठबस हुन थाल्यो। नेता मन्त्रि न्यायाधीश अरु माथिल्लो तहका मान्छेहरु त आफ्ना सहोदर दाजुभाइ भन्दा पनि नजिकका भए। बिदेशी बैँकहरुमा पनि गोप्य किसिमले खाता पनि खोलियो।
‘भ्रष्टाचारीहरु पक्राउ पर्ने र तिनीहरु बिरुद्ध मुद्दा पेश गर्ने कामहरु त भइरहेकै सुनिन्छ। दिनदिनै जस्तो नगद प्रमाणसहित पक्राउ गरेको सुन्छु। त्यो रामै्र हो। हामी पुराना अनुभवीले भन्नुपर्दा र तिमीहरुले गरेका कामहरुलाई गन्नुपर्दा राम्रो लागेको छ।’ बुढाले हँसिलो अनुहार पारेर भने।
‘भ्रष्टाचार रोकथामको काममा रहेका हामीले अहिले पनि खरिदार, सुब्बा, सडकमा उभिएका प्रहरी, जग्गासम्बन्धि कारोबार हुने कार्यालयहरुका सानातिना कर्मचारीहरु, बिकास निर्माण कार्यहरु गर्ने कार्यालयका सानो तहका कर्मचारीहरु आदिलाई नगद प्रमाणसहित हरेक दिनजस्तो पक्राउ गर्न सफल भइरहेका र यही बाटोमा गइरहेका छौँ।’ उत्तमले पनि गर्वको कुरा भन्यो।
‘तिमीहरुले यो कामचाहिँ ज्यादै राम्रोसित गरिरहेका छौँ। उहिले हामीले पनि त्यसै गथ्र्यौ। तल्लो तहबाटै भ्रष्टाचार रोक्ने प्रयास गर्नुपर्छ। खरिदार सुब्बा स्तरका भ्रष्टाचारीहरुलाई समातेपछि त्योभन्दा माथि भ्रष्टाचार जानै पाउँदैन भन्ने सिद्धान्त हाम्रा पालीमा पनि थियो अहिले पनि त्यही रहेछ भन्ने थाहा पाउँदा र त्यही स्तरका कर्मचारीमात्रै पक्राउ परेको जानकारी आउँदा खुसी लाग्यो। यसलाई निरन्तरता दिन पर्छ।’ बुढाले आफ्नो भाउ बढे जस्तो गरेर जुँगामा ताउ लगाएजस्तो गरे।
‘पहिला पनि माथिमाथिका मान्छेहरु पक्राउ पर्दैन थिए त मितबा?’ उत्तमले सोध्यो।
‘पर्थे नि, किन नपर्नु। हामीजस्ता अनुभवी कर्मचारीहरुलाई वास्ता नगरिकन खाने र बाँडीचुँडी नगरी एक्लै कुम्ल्याउने बाटोतिर जाने, जसले जहाँ भन्यो त्यहीँ खान बस्ने, राम्ररी कुरा नबुझिकन जहाँ पायो त्यहीँ सही धस्ने, अरुलाई दिन भनेपछि नराम्रोसित मुट्ठी कस्ने र नगद देखेपछि स्तर बिचारै नगरिकन जति तल पनि खस्ने मान्छेहरु नै पहिले पनि फस्ने गरेको देखिएको हो। अहिले पनि त्यही त रहेछ नि। होइन त उत्तम?’ जवाफ दिएर प्रश्न पनि सोधे बुढाले।
‘पहिलेको कुरा त हामीलाई त्यति थाहा भएन मितबा। अहिलेचाहिँ सबैभन्दा ठूला भ्रष्टाचारी भन्नु नै यही खरिदार सुब्बास्तरका कर्मचारीहरु छन्। ठूला माछा समाउने र नाम कमाउने भन्ने कुरा त हाम्रा हाकिम फेरिए पिच्छे नै सुनिन्छ। ठूला माछाहरु निकै गहिरो पानीमा बस्ने हुनाले माछा मार्ने जाल बल्छीजस्ता छोटा चिजहरु त्यहाँ पुग्दै नपुग्ने हुनाले ठूला माछाहरु समात्न बल गर्नु बेकार छ।
कम गहिराइ र छेउछाउतिर चल्न खेल्न आइराख्ने हुनाले सबैले साना माछाहरु बाटै काम चलाएका हुन क्या। ठूला माछा बस्ने ठाउँमा त धेरै गहिरो, चिसो, अप्ठ्यारो अक्कर आदि हुने हुनाले समात्ने नै चक्करमा परेर ठक्कर खान सक्ने हुनाले त्यस्तासित टक्कर लिन खोज्नु नै मुर्खता हो। माछा खानेले सानो ठूलो भनेर छुट्याउनुभन्दा त्यसको स्वादमा आनन्द लिन र त्यसैलाई महत्व दिन जानेमा राम्रो।
आफूले समात्न सक्नेभन्दा माथिल्लो हैसियतको माछा परेछ भने आफैलाई क्वाप्प निलीदियो भने त्यत्रो मेहनत र लगानी गरेर खाएको र ज्यादै मुश्किलले पाएको जागिर बिसाउन पर्ला भन्ने डर। त्यसो भएर तपाइँ र हाम्रा बुवाले सिकाए अनुसार नै भ्रष्टाचार रोक्ने निकायमा राम्रोसित काम गर्दै छु। यसबाट आफू पनि खुसी छु, आफ्ना हाकिमहरुलाई पनि खुसी पारेको छु, साना माछाहरुलाई पनि समातेर बेलाबेलामा तारेको छु र तपाइँहरुकै पालाको जस्तो वाताबरण भएकोले ठूला माछा समात्ने भाकाचाहिँ सँधैभरी सारेको छु,’ उत्तमले भन्यो।
‘तिमीहरुको काम देखेर म खुसी छु। सबैले यति राम्रोसित काम गर्न सक्दैनन्। बाउले सिकाए पनि, शिक्षकले सिकाए पनि, गुरुले सिकाए पनि, आपूmभन्दा माथिल्लाले सिकाए पनि, पुरानाले सिकाए पनि, तालिम आदिमा सिकाए पनि कतिले जान्दै जान्दैनन्। तर तिमीहरुले त मजाले सिकेर र आप्mनै तरिका झिकेर भएपनि राम्रो गरेका छौं। यसबाट हामी सबै खुसी छौँ बाबु।’ सन्तुष्ट भएजस्तो गर्दै बुढाले भने।
‘जति बताए पनि र अरुले जसरी जति तताए पनि सिक्न नसकिने त अरु काम मात्रै हो मितबा। भ्रष्टाचार नियन्त्रण गर्ने कार्यालयका त तलदेखि माथिसम्मका राजनैतिक नियूक्ति भएका, जाँचमा उत्कृष्ट नतिजा ल्याएर नियूक्त भएका, स्थायीरुपमा नियूक्त भएका, अस्थायी रुपमा सरुवा भएर आएका आदि सबै कर्मचारीहरुलाई धेरै सिकाउनै पर्दैन।
त्यहाँ गएपछि र भ्रष्टाचार नियन्त्रणको अधिकार भएपछि मान्छेले कति राम्रोसित काम गर्छन भन्ने कुरो हामी त्यहीँ काम गर्नेले मात्रै होइन अलि अलि कुरा बुझ्ने सबैलाई राम्रैसित थाहा छ। कसैले सिकाइ राख्न पर्दैन। यसमा फेरि सिकाएको र नगर्नु भनेको काम नै बढी गरिने अनि यही तरिकाबाट देशको आम्दानीलाई सुकुटी पारेर आफ्नो ढुकुटी भरिने हुनाले पनि यो कार्यालयमा चाहिँ अन्यत्रभन्दा बढी मन लगाएर काम गरिने चलन छ।’ भनेर मुसुक्क हाँस्यो उत्तम।
‘बाबुले ठिक भन्यौ। शुद्ध तलबको भरमा मात्रै काम गर्ने कार्यालयका कर्मचारीहरुलाई त जति पढाए पनि र जति सिकाए पनि सोह्र दुने आठ नै हो। तिमीहरुले चाहिँ इज्जत राखेका छौ र दुख गरेअनुसारको स्वाद चाखेका छौं। यसैगरी पछिसम्म बुद्धि पुर्याएर हान्न पर्छ, यसैमा सन्तोष मान्न पर्छ र सबैतिरबाट बचेर भेटेसम्म तान्न पर्छ, बाबु।’ बुढाले उत्तमलाइ अर्ति दिए।
‘बुबाहरुले पनि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यालयमा जीवनभरि दुख गर्नु भयो। ऊ बेलामा पनि दुखै थियो होला त्यत्रा छोराछोरीहरुको लालन पालन,पढाइ लेखाइ, बिहे ब्रतबन्ध आदि गरेर अहिले पनि निकै राम्रोसित बस्नु भएकै छ। हजुरहरुको त घरमा पनि राम्रै बन्दोवस्त थियो होला। हाम्रो त पहिला केही पनि रहेनछ । सबै बुबाले जागिरबाटै ब्यवस्था गर्नु भएको रे। अचेल त अलि गाह्राे छ।’ उत्तमले बुढालाई भन्यो।
‘मेरो र तिम्रो बाउको अबस्था उस्तै हो। हामी दुबैजना गाउँबाट फाटेको जडौरी सुरुवाल लगाएरै शहर छिरेका हौँ। अरुका घरमा भात पकाउने भाँडा माभ्mने गरेर पढेका। जेनतेन मेहनत गरेर पढेपछि कता कताबाट भ्रष्टाचार नियन्त्रण गर्नेजस्तो ज्यादै मुस्किल काम गर्न पर्ने कार्यालयमा सानो तहको जागिर पाइयो र निकै दुख गरेर खाइयो। बिस्तार बिस्तार भ्रष्टाचार नियन्त्रणको काम सिक्दै जाँदा आफू पनि अलि अलि काम गर्न सक्ने बन्दै गइयो र सानोतिनो खर्च हुँदा नडराउने भइयो।
हेर्दा हेर्दै राजधानीमा आपूm र आप्mना सबैलाई पुग्ने घरजग्गा जोडियो। बैँक र बित्तीय सँस्थाहरुमा ब्यालेन्स र शेयरहरु पनि थाहै नपाइ थपिँदै गयो। मोजमस्ती र रमाइलोको लागि स्वदेश बिदेश सबैतिर पुगियो। सुन चाँदी हिरामोती मणि माणिक गर गहना आदि पनि सामान्य बस्तुजस्तो लाग्न थाल्यो। घरभित्र बाहिरका सुबिधाहरु मोटर गाडीहरु त परिवारका सदस्यहरु भन्दा पनि बढी भए।
ठूला माछा समाउने र नाम कमाउने भन्ने कुरा त हाम्रा हाकिम फेरिए पिच्छे नै सुनिन्छ। ठूला माछाहरु निकै गहिरो पानीमा बस्ने हुनाले माछा मार्ने जाल बल्छीजस्ता छोटा चिजहरु त्यहाँ पुग्दै नपुग्ने हुनाले ठूला माछाहरु समात्न बल गर्नु बेकार छ।
प्लेनमा पनि बिजिनेस क्लासभन्दा तल नउड्ने भइयो। सँगत पनि माथिल्लो स्तरका ब्यक्तिहरुसित मात्रै हुन थाल्यो। सबैलाई सबै किसिमको सहयोग गर्न सक्ने भइएकोले जय मनाउने मानिसहरु पनि बढ्दै गए। धर्मकर्म र धार्मिक सँघ संस्थाहरुमा पनि माथिल्लो स्तरकै गुरु बाबाहरुसित उठबस हुन थाल्यो। नेता मन्त्रि न्यायाधीश अरु माथिल्लो तहका मान्छेहरु त आफ्ना सहोदर दाजुभाइ भन्दा पनि नजिकका भए।
बिदेशी बैँकहरुमा पनि गोप्य किसिमले खाता पनि खोलियो। संसार डुलियो। जानेसम्म, मिलेसम्म, सकेसम्म र भ्याएसम्मको मोजमस्ती गरियो,बाबु। अब त बुढो भइहालियो। त्यही रमाइलो सम्झने र तिमीहरु आउँदा पुराना कुरा गर्ने हो। तिमीहरु त त्यही कार्यालयका हुनाले कुरा बुभ्mने भएर भन्न पनि मजा आउँछ। अन्यत्रकाले त कुरै बुभ्mदैनन्। सुनाएर केही फाइदा छैन। भ्रष्टाचार नियन्त्रण कार्यालयमा सानो तहका म र तिम्रा बाउको सबतिरै उस्तै हो।
तिमीहरु त हामीभन्दा निकै माथिल्लो दर्जामा भर्ना भएका छौं। हाम्रोभन्दा राम्रो गर्न पर्छ। बुभ्mयौ त उत्तम?’ बुढाले छोटकरीमा लामो कुरा सुनाए। मितबा उत्तमसित अलि खुलेर पनि बोल्छन्।
‘अहिले पनि त्यही परिपाटी छ। गौरवमय परम्परालाई कहाँ बदल्न हुन्छ र? हामी र हामीजस्ता अरु पनि त्यही नै गर्दै छौँ मितबा। बुबाहरुले सानै तहमा रहेर पनि भ्रष्टाचार नियन्त्रणमा त्यत्रो योगदान दिनुभयो। अरुले नदेखेपनि हामीले प्रत्यक्षरुपमा देखेका, अनुभव गरेका र उपभोगसमेत गरेका हुनाले हामीलाई चाहिँ राम्ररी थाहा छ। हामी पनि बुबाहरुले देखाएको बाटो र सिकाएको पाटो पहिल्याउँदै छौँ। तपाइँहरुको भन्दापनि प्रगति गरेर देखाउने र नामको साथै दाम पनि कमाएर इतिहास लेखाउने कोशिसमा लागेका छौँ हामी पनि।’ उत्तमले भन्यो।
‘त्यही भएर तिमीसित म खसी छु भनेको नि मैले। हाम्रो जमानामा हामीले जति सक्यौँ गर्यौँ। त्यो बेलाको सानो परिधि र घेराबाट त हामीले भ्रष्टाचारलाई जानेसम्म र सकेसम्म नियन्त्रण गर्दै र सानो भाँडोमा चर्दै गरेर बिस्तार बामे सर्दै यहाँसम्म आउँदा त यत्रो बन्दोवस्त हुन गएछ। यसको लागि म त भगवानसहित सबैलाइ धन्यबाद दिन चाहन्छु। हामीहरुले जस्तै तिमीहरुले पनि भ्रष्टाचारलाई माथ गर्ने गरी सम्बन्धित सबैको साथ पाएकै त छौ होला नि हैन र?’ मितबाले सोधे।
‘किन नहुनु मितबा, यसमा सिँगो सरकार, नेताहरु, कार्यकर्ताहरु, जन प्रतिनिधिहरु, भ्रातृ संस्था र संगठनहरु, माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारीहरु, न्यायमूर्तिहरु, विभिन्न व्यबसायीहरु, बिभिन्न सरोकार समुहहरु, सरकारी र गैह्र सरकारी सँघ संस्थाहरु, बुद्धिजिवीहरु, उद्योगी ब्यापारीहरु, पत्रकारहरु, लेखकहरु, बिभिन्न स्वार्थ समूहहरु, सबैखाले बिचौलियाहरु, कतिपय बिदेशी कुटनीतिज्ञहरु आदि सबैको अत्यन्त राम्रो साथ र सहयोग रहेको छ।
सबैको सहयोग नभए त भ्रष्टाचार नियन्त्रणको कार्य नारामा मात्रै सिमित भएर सारा मान्छेले दुख पाउने सम्भावना रहन्छ नि मितबा। त्यसो भएर दुनियालाई दुख दिने काम त गर्नै हुँदैन। हामी यसमा ज्यादै सचेत भएकोले कोही पनि अचेत नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने अहिलेको नीति रहेको छ।’ उत्तमले खुलस्त पार्यो।
‘उहिले हाम्रा पालामा पनि त्यस्तै त हो नि। सबैलाइ चुनाव खर्च दिने, ठुला ठुला ब्यबस्था मिलाइदिने, घरखेत बंगला दिलाइ दिने, छोराछोरीको पढाइ लेखाइदेखि बिहेबारी खर्च मिलाइ दिने, बिदेश भ्रमणको सबै ब्यबस्था मिलाइ दिने, स्वदेश बिदेश सबै ठाउँमा औषधि उपचारको ब्यबस्था मिलाइ दिने, भोट बैँक सुरक्षित राख्न मदत पुर्याउने, दैनिक आबश्यकतालाई पूरा गरिदिने, सुरा सुन्दरीको ब्यबस्था मिलाउने आदि आदि जस्ता सहयोगीहरुलाइ माथिको इसारा अनुसार नै उनीहरुको चाहनाअनुरुप कार्यालयका सबैले सक्दो सहयोग गर्नै परिहाल्यो।
यति भएपछि उनीहरुको सानो दयाले आप्mनो पनि कल्याण हुने भएपछि बुद्धि खुस्काउने कुरै आएन। हो, यस्तोमा चाहिँ सिद्धान्तवादी भएर चुक्न पुगियो भने बरबाद हुन्छ। हुनत यत्रो समय त्यहाँ बसिसकेका र भ्रष्टाचार नियन्त्रण पद्धतिको भित्रिभागसम्म पसिसकेका अनुभवी हाकिमलाई मैले सम्झाउने कुरो पनि होइन। यसो कुरामा कुरा चलेर मात्रै हो बाबु।’ आफूले जानेको र कार्यालयका सबैले उहिलेदेखि मानेको चलन चल्तिको सिद्धान्त बताए बुढाले।
‘अहिले सरकारको पनि भ्रष्टाचारमा शून्य सहनशिलता भएकोले कडा कडा नीति निर्देशनहरु आइरहेका हुन्छन्। हामीले पनि बुबाहरुकै जस्तो आफ्नो हातमा आउनेमा चाहिँ शून्य सहनशिलताको सिद्धान्त अपनाएर नझुक्ने, माथिसम्म त्यसको भाग पुर्याउन नचुक्ने र भ्रष्टाचार बिरुद्धको सैद्धान्तिक गफ गर्ने ठाउँ पाएसम्म नलुक्ने गरेर सारै राम्रोसित काम गरेका छौँ मितबा। शून्य सहनशिलता भनेको चाहिँ आफूले पाउने र आप्mनो हातमा आउने अँकको पछाडि जति धेरै शून्य थप्न सक्यो त्यति नै राम्रो भन्ने हो।’ उत्तमले खुसी भएर भन्यो।
‘ल बाबु उत्तम, निकै ढिलो भइसकेछ। अब सुतौँ। तर भ्रष्टाचार चाहिँ रोक्न पर्छ र भ्रष्टाचारीलाइ ठोक्न पर्छ।’ ओछ्यानमा पल्टँदै बुढाले भने। बुढालाई ढोगेर उत्तम पनि बाटो लाग्यो।
Facebook Comment