विनोद चौधरी कोरोना संक्रमण मुक्त
काठमाडौं। उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना संक्रमण मुक्त भएका छन्। यही भदौ १२ मा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि १० दिनसम्म उनी होम आइसोलेशनमा बसेको थिए।
उनले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’
— Binod Chaudhary (@BinodKChaudhary) September 5, 2020
प्रतिक्रिया
Facebook Comment