सामाजिक सद्भाव र भौतिक दुरी कायम गरेपछि कोरोना जितिन्छ
कामको शिलशिलामा भेटघाटहरु भई रहन्थे। सामान्यतः स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै भेटघाट गरेका थियौं। यद्यपि, एकपटको भेटघाटमा आउनु भएका वडाअध्यक्षलाई कोरोना संक्रमण देखियो। उहाँलाई कोरोना पोजेटिभ छ भन्ने कुरा भएपछि हामीलाई पनि परीक्षका लागि बोलाइयो हामी गयौं। ३ जना परिवारको परीक्षण गरिएकोमा २ जनाको पोजेटिभ आयो।
कोरोना पोजेटिभ आएपछि मैले स्वास्थ्यकर्मीसँग सल्लाह गरेँ। होम आइसोलेसन मै बस्ने निधो गरेँ। होम आइसोलेसनमै बसेँ। स्वभावतः कोरोना पोजेटिभ छ भन्दा अलिकति मन फरक त हुँदो रहेछ नै। तै पनि हामी जत्तिको मान्छेले यस्ता कुरासँग लड्नु पर्छ भन्ने लाग्यो र मैले आफू कोरोना संक्रमित भएको कुरा सार्वजनिक पनि गरेँ। कोरोनासँग हामी लडेनौं, हामीले कोरोना भनेको जित्न सकिने चिज हो भन्नेकुरा प्रमाणित गरेर देखाएनौं भने समाजले हामीलाई आफ्नो प्रतिनिधि छानेको अर्थ नै हुँदैन भन्ने लाग्यो।
समाजको कुरा त के गरौं। मैले अनुभव गरेको समाजमा सबै पढेलेखेका मान्छे बुझेका हुँदा रहेनछन्। बुझ्ने मान्छेलाई पढ्न लेख्न पर्दो रहेन छ झै लाग्यो। मलाइ साथिहरुले कुरा सेयर गर्नु हुथ्यो। उहाँहरु पनि कोरोना संक्रमित हुनु भएछ।
होम आइसोलेसनमै बस्नु भएछ। उहाँको सानो छोराले छतबाट रोडमा हेर्दा सुरक्षामा खटिएका प्रहरीले नै झपार्ने गरेको पाइयो। बाबुलाई पो कोरोना लागेको छ त छोरालाई छैन। त्यो भन्दा पनि उहाँको छोरा त घरको. छतबाट रोडमा हेरिरहेको छ। यस्ता विषयले हाम्रो समाजको चेतनास्तर, हाम्रो चेतनास्तर थाहा हुन्छ। हामी कुन अवस्थामा छौं भन्ने पनि लाग्छ।
हामीले सामाजिक दुरी कायम गर्ने भन्यौं। वास्तवमा भौतिक दुरी कायम गर्नु पर्ने हो। भौतिक दुरी कायम गरेर सामाजिक सदभाव कायम गरेमात्र कोरोनासँगको लडाई जितिन्छ झै लाग्छ। सामाजिक दुरी कायम गर्ने भन्ने कुरालाई समाजले सामाजिक बहिस्कारकै रुपमा प्रयोग गर्यो। समाजले कोरोना संक्रमित भएका व्यक्तिको कुरै छोड्नुहोस् परिवारलाई समेत बहिस्कार गर्न थाल्यो। यस्तो तरिकाले हाम्रो समाज र कोरोना संक्रमितहरुको दुरी त कति कति टाढा बनाएको छ। हामीले कायम गर्नु पर्ने भनेको भौतिक दुरी हो।
मलाइ पनि त्यस्तो व्यवहार नभएको भने पक्कै होइन। तर, मैले सकारात्मक तरिकाले लिनु पर्छ भन्ने लाग्यो र मैले सकारात्मक बुझेँ। हामीले सामाजिक दुरी कायम गर्ने भन्यौं। वास्तवमा भौतिक दुरी कायम गर्नु पर्ने हो। भौतिक दुरी कायम गरेर सामाजिक सदभाव कायम गरेमात्र कोरोनासँगको लडाई जितिन्छ झै लाग्छ।
सामाजिक दुरी कायम गर्ने भन्ने कुरालाई समाजले सामाजिक बहिस्कारकै रुपमा प्रयोग गर्यो। समाजले कोरोना संक्रमित भएका व्यक्तिको कुरै छोड्नुहोस् परिवारलाई समेत बहिस्कार गर्न थाल्यो। यस्तो तरिकाले हाम्रो समाज र कोरोना संक्रमितहरुको दुरी त कति कति टाढा बनाएको छ। हामीले कायम गर्नु पर्ने भनेको भौतिक दुरी हो। भौतिक दुरी कायम गरेर सामाजिक सदभाव कायम गरेमात्र कोरोनासँग जितिन्छ।
कोरोना निको हुने कुरामा त मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा नै धेरै निहित रहन्छ। शारीरिक रुपमा कजोर, मानसिक रुपमा विक्षिप्त हुने व्यक्तिहरु, दीर्घ रोगीहरुलाई कोरोना संक्रमण भनको ज्यान लिने नै हो जस्तो लाग्छ। वास्तवमा कोरोना संक्रमणबाट मृत्यु भयो भन्ने चलन छ। कोरोनाबाट मृत्यु हुने हैन। मृत्यु अन्य रोगबाट भएको छ। तर, मान्छेले कोरोनाका कारण मृत्यु भयो भन्ने गरेका छन। मैले सुनेकी पनि छु।
अस्पतालमा कुनै रोगी पुग्छ। उसलाई कोरोना पोजेटिभ भयो भन्ने थाहा भएपछि स्वास्थ्यकर्मीहरुले उपचार गर्दैनन् रे। झन कोरोना संक्रमित भएको थाहा पाएपछि विषेश तरिकाले उपचार गर्नु पर्ने मान्छेको उपचार नै नगरेपछि मृत्यु हुनु त स्वभाविक पनि हो नि। त्यो मृत्यु त कोरोनाकै कारण भएको हैन। उसलाई अरु रोग छ।
मलाइ त यो सबै सामाजिक दुरी कायम गर्नु पर्छ भन्ने शब्दले ल्याएको विकृति हो झै लाग्न थाल्यो। हामीले भौतिक दुरी कायम गरेर भेटघाट गरौं है।
स्वास्थ्य मन्त्रालयले बनाएका प्रोटोकलहरुलाई फ्लो गरौं। मास्क र सेनिटाइजर प्रायोग गरौं भन्ने हो नी। तर, सामाजिक दुरी कायम गरौं भनेपछि कसैले हेर्दै पनि नहेर्ने, कोरोना भनेर नामाकरण समेत गर्ने, यस्तो अवस्था छ। हामीले यस्तो अवस्था र समाजिक मनोबल उच्च पार्नै पर्छ। सामाजिक मनोबल कमजोर हुँदासम्म कोरोनाको संक्रमण भनौं वा प्रभाव भनौं कायम नै रहन्छ।
सामाजिक विकास मन्त्री आउनु भएको थियो, म संक्रमित हुँदा। उहाँ आउनु भयो हामी खुल्ला ठाउँमा भौतिक दुरी कायम गरेर बस्यौं। यही सामाजिक दुरी भन्ने शब्दले सामाजिक बहिस्कारसम्मको अवस्थामा पुर्याएको बारे कुरा गर्यौं। यस्ता विषयले अझै जटिलता सृजना गर्ने तर्फ उहाँले पनि संकेत गर्नु भयो।
समाजलाई भौतिक दुरी कायम गरेर बस्दा केही हुँदैन भन्ने सन्देश पनि दिनु थियो। त्यसैले पनि हामीले त्यो भेटघाटको अवसर जुटाएका थियौं। समग्रमा हामी जनताको प्रतिनिधि भइसकेपछि समाजलाई सिकाउनु पर्छ। समाजलाई सिकाउने विषय हामीले व्यवहारमा लागू गर्नु पर्छ भन्ने हो।
खाने कुरामा त झोलिलो पदार्थ धेरै प्रायोग गरेँ। गुर्जो पानी, बेसार पानी खाने गरेँ। नुन पानीले कुल्ला गर्ने गला सफा गरिरहने गरेँ । म त के भन्छु भने हामी सँग जे जति छ, त्यो कुरालाई समय मिलाएर खानु पर्छ। सबैको शरीरले एउटै कुरालाई पचाउँछ भन्ने छैन। मैले पनि बेसारपानी धेरै खानु हुँदैन। त्यस्तै अरुलाई पनि होला। आफ्नो शरीरलाई के चाहिन्छ त्यो विचार गरेर खानुस्। केही हुँदैन। केही हैन भन्ने कुरा बुझ्नुहोस्।
र मैले अरुलाई सार्न हुँदैन भनेर सचेत हुने हो। एक्लै बस्ने भनेको समाजबाट तपाईँलाई टाढा बनाइएको पनि हैन र समाजले पनि कोरोना लागेको व्यक्तिलाई टाढै राखनु पर्छ भन्ने हैन्। फेरि पनि दोहार्याएँ भौतिक दुरी कायम गरौं। सामाजिक सद्भाव कायम गरौं, कोरोना जित्न सकिन्छ।
बाग्मती प्रदेशका उपसभामुख तामाङसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित
Facebook Comment