ललितपुर झडपमा पक्राउ परेका मध्ये कोरोना भएकालाई प्रहरीले छोड्यो

डिसी नेपाल
२२ भदौ २०७७ १८:५९

काठमाडौं। गएको बिहीबार ललितपुरको पुल्चोकमा रातो मछिनद्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि पक्राउ परेका २० जना मध्ये ७ जनालाई ललितपुर प्रहरीले छोडेको छ। बिहीबार पुल्चोकमा एक ट्राफिक प्रहरीमाथि कुटपिट भएको थियो भने निषेधाज्ञा उल्लंघन गरेर ठूलो संख्यामा रथ तान्न आएका स्थानीयलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो।

त्यसपछि प्रहरीले २० जनालाई पक्राउ गरेर अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाएको छ। तर, पक्राउ परेका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसा राईले जानकारी दिए।

यस्तै एकजना भने दमकाे विरामी भएकाले छाेडिएकाे उनले जानकारी दिए। उनका अनुसार पक्राउ परेका मध्ये अन्य १० जनाको कोरोना परीक्षणका लागि स्वाब दिइएको छ। उनीहरुको रिपोर्ट भने आइसकेको छैन।

सो झडप नियन्त्रण गर्न खटिएका १८ जना प्रहरी पनि कोरोना संक्रमित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *