आफ्नो करियर दाउमा राखेर जोखिमपूर्ण काम गर्दै अक्षय कुमार
एजेन्सी । बलिउडका चर्चित अभिनेता अक्षय कुमारले सामाजिक सन्देश दिने खालका चलचित्रमा काम गरेका छन्। हाल उनले चलचित्र हाउसफुल ४ का निर्देशकले हातपात गरेको भन्दै फिल्म ने छोडिदिएका छन् । अक्षय भन्छन् जुन चलचित्रले सामाजिक ज्ञान दिँदैन त्यो चलचित्र म खेल्दिन। उनका हालसम्मका चलचित्र निकै लोकप्रिय र सफल हुन्।
१) बलिउडमा महिला केन्द्रित फिल्म बनिरहेका छन्। तर २००४ मा अक्षय कुमार आफु महिलाबाट यौन शोषण भएको चलचित्र खेल्न राजी भए ।
२) जब भारतीय महिला र पुरुषहरु महिनावारी र सेनेटरी प्याडको बारेमा कुरा गर्न हिचकिचाउँछन् सोही बेला अक्षयले त्यही विषयमा फिल्म बनाए। यसकै कारण उनलाई प्याड म्यान पनि भन्न थालियो ।
३) बलिउडमा कुनै पनि कम्पिनीको ब्रान्ड एम्बेसडर र विज्ञापनमा हुने प्र्थालाई तोड्दै अक्षय कुमार खाना पकाउने तेलको विज्ञापन खेले । जसले पुरुषले घरमा काम गर्न हुँदैन भन्ने मान्यता तोडिएको विज्ञहरु बताउँछन् ।
४) शौचालय भन्दै दुर्गन्धित मान्ने हाम्रो समाजमा अक्षय कुमारले ट्वाईलेट नामक एक कहानीमा काम गरे जसले समाजमा एउटा अभियान नै चल्यो ।
५) भारतीय समाजमा धर्म निकै संवेदनसिल मुद्दा हो । यसमा अधिकांस मान्छे टाढै बस्न रुचाउँछन् । अक्षय कुमार ओएमजी ओ माई गढ फिल्ममा कृष्णको रोल गरे ।
६) चलचित्र चलाउन रोमान्टिक सिन जरुरी छ भन्ने परम्परा रहेको समयमा अक्षयले भूल भूलैया जस्ता बलिउडमा सर्वश्रेष्ठ चलचित्र जन्माए ।
७) उनी बलिउडमा निकै चर्चित रहेको समयमा उनले समलिङ्गीको रोल गरे । यो उनी भन्दा अरु कोही चर्चित अभिनेताले समलिङ्गीको अभिनय गरेका छैनन ।
अक्षय कुमारले आफ्नो करियर दाउमा राखेर जोखिमपूर्ण काम गर्दै आएका छन् । जसले उनलाई एक पछि अको सफलता मिल्दै आएको छ ।
Facebook Comment