कामपामा ४ हजार कोरोना संक्रमित, ७ हजार कन्ट्याक्ट ट्रेसिङमा
काठमाडौं। काठमाडौं महानगरपालिकामा करिव ४ हजार कोरोनाका संक्रमित भेटिएका छन्। महानगरको शहरी स्वास्थ्य महाशाखाले उपलब्ध गराएको विवरण अनुसार भदौ २० गतेसम्ममा ३ हजार ७ सय ६३ जना कोरोनाका संक्रमितहरु रहेका छन। यस्तै उक्त रिपोर्ट तयार पार्दासम्म २७ जनाले कोरोनाका कारण ज्यान समेत गुमाएका छन्।
काठमाडौं महानगरपालिका भित्रका ३२ वटा वडा मध्ये सबैभन्दा बढी वडा नं. १५ स्वयम्भूमा ३ सय १५ जना कोरोनाका संक्रमितहरु भेटिएका छन्। यस्तै वडा नम्बर १६ बालाजुमा २ सय ६७ जनामा कोरोना संक्रमण भएको छ। ४१४ जना ठेगाना नखुलेकाहरु पनि काठमाडौं महानगरभित्र बसोबास गर्ने कोरोनाका संक्रमितहरु भेटिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार वडा नं १ नक्सालमा १ सय, वडा नं २ लाजिम्पाटमा ३१ जना, वडा नं. ३ महाराजगञ्जमा २२९ जना, वडा नं ४ धुमबराहीमा १२० जना, वडा नं. ५ हाडीगाउँमा ६७ जना, वडा नं ६ वौद्धमा ५४ जना, वडा नं. ७ मित्रपार्कमा १२३ जना, र वडा नं ८ जयवागेश्वरीमा ८० जना कोरोनाका संक्रमितहरु भेटिएका छन्।
यसैगरी, वडा नं. ९ गौशालामा ६७ जना, वडा नं. १० वानेश्वरमा १२२ जना, वडा नं. ११ त्रिपुरेश्वरमा १९३ जना, वडा नं. १२ टेकुमा ४९ जना, वडा नं. १३ कालिमाटीमा १८५ जना, वडा नं. १४ कलंकीमा १७४ जना, वडा नं. १७ खुशिबु ५४ जना, वडा नं १८ नरदेवी २१ जना, वडा नं. १९ कंकेश्वरीमा १५ जना र वडा नं. २० भिमसेनस्थानमा १८ जना कोरोनाका संक्रमितहरु रहेको महाशाखाले जनाएको छ।
यस्तै, वडा नं. २१ लगनमा २८ जना, वडा न.. २२ संकटामा २२ जना, वडा नं. २३ ओमबहालमा २२ जना, वडा नं. २४ मखनमा ४६ जना, वडा नं.२५ नघलमा २३ जना, वडा नं. २६ लैनचौरमा ११४ जना, वडा नं. २७ इनबहालमा १८६ जना, वडा नं. २८ बागबजारमा १२८ जना, वडा नं.२९ डिल्लीबजारमा ९८ जना, वडा नं. ३०, ज्ञानेश्वरमा ५१ जना, वडा नं. ३१ शान्तिनगरमा ८४ जना र वडा नं. ३२ कोटेश्वरमा २४४ जना कोरोनाका संक्रमित रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हालसम्म होम आइसोलेसनमा १ हजार २ सय २२ जना र संस्थागत आइसोलेसमा १ हजार १ सय ४० जना गरी २ हजार ३ सय ६२ जना सक्रिय संक्रमितको संख्या रहेको छ।
हालसम्म ९ सय ६० जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन भन ७ हजार ५ सय ६१ जनाको कन्ट्याक्ट टे«सिङ भइरहेको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले जनाएको छ।
Facebook Comment