‘प्रेमगीत–३’ का लेखक तथा निर्देशक छेतेन गुरुङको निधन

डिसी नेपाल
२४ भदौ २०७७ ११:३३

काठमाडौं । नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । उनको आज (बुधबार) बिहान २ बजे राजधानीको महाराजगञ्जमा रहेको मेट्रो अस्पतालमा निधन भएको लेखक तथा निर्माता सन्तोष सेनले जानकारी दिए ।

अचानक बिरामी भएपछि २ दिन अगाडि (सोमबार) लेखक ताथ निर्माता सेनले अस्पताल लगेको बताए । ४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । सेनका अनुसार उनको कलेजोको नसा फुटेर मृत्यु भएको हो । उनले भने, ‘उनको कलेजोको नसा फुटेर जति ब्लड चढाए पनि ब्लड पेटमा भरिएको थियो ।’

उनको शवलाई अहिले स्वयम्भू पछाडि विजेश्वरीमा राखेर पुजा गरिँदै छ । निर्माता सेनले भोली (बिहीबार) ७ देखि ८ बजेसमम उनको अन्त्यष्टिको कार्यक्रम रहेको बताए ।

गुरुङले चलचित्र नोभेम्बर रेन, क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियो, प्रेमगीत–३ को कथा लेखन तथा निर्देशन समेत गरेका थिए । अहिले प्रेमगीत–३ प्रदर्शनको तयारीमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *