असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा
काठमाडौं। कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञाको समय लम्ब्याउदै गएपछि यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदखि यातायात चलाउने घोषणा गरेका छन्।
सरकारले तत्काल सार्वजनिक यातायात सञ्चालन नगर्ने नीति लिएपछि आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका छन्।
बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन माग गर्ने निर्णय भएको बताउए। सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको बताउदै उनले यतिञ्जेल हामीले जसोतसो धान्यौं अब सिटामोल खान सक्ने अवस्था पनि नभएको बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताउनुभएको खबर आजको नेपाल समाचार पत्रले प्रकाशन गरेको छ।
Facebook Comment