पाँच तारे होटल आइसाेलेसनमा बसेर जनतालाई ढाँटे काठमाडौंका मेयरले
काठमाडौं। महानगरमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं जिल्लामा मात्र दश हजार बढी कोरोनाका संक्रमितहरु रहेका छन्। काठमाडौं जिल्लाको हकमा सबैभन्दा बढी कोरोनाका संक्रमितहरु काठमाडौं महानगरपालिका भित्र रहेका छन्।
काठमाडौं महानगरपालिका भित्रका संक्रमितहरुको लिस्टमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि एक हुन्। मेयर नै संक्रमित भएको महानगरपालिकामा सर्व साधारणका लागि आइसोलेसनहरु छैनन्।
संक्रमण भएपनि लक्षण नदेखिएसम्म आइशोलेशन सेन्टरमा नराख्ने र होम आइशोलनमा राख्नु पर्ने सरकारकाे नीति छ। कोरोनाका संक्रमितहरुले अस्पतालका बेड भरिन थाले। अस्पतालमा ठाउँ नभएपछि आइसोलेसन कता बनाउने भन्ने सोच्ने बेलाका मेयर नै संक्रमित भएपछि अन्योल स्वभाविक पनि हो।
तर, स्वभाविक रुपमा लिन नसकिने कुरा भनेको काठमाडौं महानगरपालिकाका मेयर शाक्य भने नेपालकै सबैभन्दा महंगो आइसोलेसनमा बसेका छन्। उनी पाँच तारे होटल सोल्टीमा विशेष कोठा बुक गरेर जनताको सडकको रोदनको दृष्यहरु अवलोकन गरिरहेका छन्। जनताले मत दिएर आफ्नो सेवाको लागि चुनेका जनप्रतिनिधिहरुले राजाको जस्तो ठाँट गर्नु कुनै नयाँ विषय त रहेन।
तर, पनि कोरोनाले त्रायीत्रायी बनाएका बेला होम आइसोलेसनमा छु भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका मेयर सोल्टी होटलको विशेष कोठामा रहेको खुल्न आउनुले जनताको अभिमतको ठाडो खिल्ली उडाएको छ। होटल सोल्टीका अनुसार उनी सोल्टीमै रहेका छन्। भदौ १५ गते सोमबार कोरोना पोजेटिभ भएका मेयर शाक्यले होम आइसोलेसनमा बसेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।
स्रोतका अनुसार उनी ३÷४ दिनदेखि होटल सोल्टीमा रहेका छन्। मेयर शाक्य होटल सोल्टीमा रहेको महानगरका कर्मचारी समेतलाई सुइँको छैन। कामनपाका केही कर्मचारीले मेयर शाक्य होम आइसोलेसन मै रहेको बताउँछन्।
हामीले सूचना पाइसकेको बताएपछि उनले पछिल्लो समय आफूले नबुझेको जवाफ दिएका छन्। महानगरपालिकामा ३ हजार १ सय ६८ सक्रिय संक्रमितको संख्या रहेको छ। १ हजार ५ सय २४ होम आइसोलेसन र ४ सय १७ संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ।
Facebook Comment