सिन्धुपाल्चोक अपडेट : ९ जनाको शव भेटियो, २३ जना बेपत्ता २२२ घर विस्तापित
काठमाडौं। बाह्रविसेमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। आइतबार विहान गएको पहिरोमा पनि ज्यान गुमाउँनेमा अनुमानित ६७ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ का सुकलाल विक, वर्ष २४ का जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया दुधान, वर्ष ६० की सर्कीनी नेवार र वर्ष ६० कै हिरामाया नेवार रहेको नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए।
उनका अनुसार विहान गएको पहिरोमा परी ३० घरमा प्रत्यक्ष असर परेको छ र २२२ घर परिवार विस्तापित भएको छ। विस्तापितहरुको व्यवस्थापन भइरहेको उनले जानकारी दिए।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्दार गरिरहेको छ। १४ वटा घरधुरी मानिस सहित प्रभावित भएको प्रमुख शेर्पाले जानकारी दिए।
प्रतिक्रिया
Facebook Comment