तोकेका बाहेक पसल खुले, नमाने फेरि लकडाउन, सचेत हुन आग्रह
काठमाडौं। सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने बताए।
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्र.जि.अ. दाहालले स्पष्ट पारे। सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ। आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र.जि.अ. दाहालले जानकारी दिए।
सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उहाँको आग्रह छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताउँछन्। कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही गर्न अध्यक्ष कटुवालको प्रतिक्रिया छ।
हामीले सरकारको आदेशको स्वागत गरेका छौ सरकारको नियम, निती विपरित काम नगरेको दावी गर्छन्। आदेश विपरीत व्यवसाय खोल्नेलाई सरकारले अनुगमन गरेर कारवाही गर्न व्यसायी कटुवाल बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी रहेको बताउँछन्। कोरोनालाई सामान्य रुपमा नलिन समेत उनको आग्रह छ।
सधै भरी मान्छेलाई थुनेर राखेर पनि समस्याको समाधान नहुने भएकोले आम नागरिक नै कोरोनाबाट कसरी बच्ने भनेर सचेत हुन अहिले आवश्यक रहेको डा. पुन बताउँछन्। व्यापार व्यवसाय संगै कोरोना संक्रमणबाट बच्ने उपाय पनि अपनाउनु पर्नेमा उनको जोड छ। समुदाय नै कोरोना लाग्नबाट बच्न सकिन्छ भनेर चलाख हुन पर्नेमा डा. पुन बताउँछन्। यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ।
Facebook Comment