यस्ता देखिन्छन् कोरोना संक्रमित मानव कोशिका, वैज्ञानिकले जारी गरे पहिलो तस्वीर

डिसी नेपाल
२९ भदौ २०७७ ८:००

काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित कोशिकाहरुको पहिलो तस्वीर सार्वजनिक भएको छ । अमेरिकी वैज्ञानिकहरुले न्यू इल्याण्ड जर्नल अफ मेडिसिनमार्फत तस्वीर जारी गरेका हुन् । तस्वीरमा फोक्सोभित्र कोशिकामा कति भाइरस पार्टिकल बनेका छन् भन्ने देख्न सकिन्छ । यी तस्वीरलाई युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका सहायम प्राध्यापक क्यामिल अहरले कन्य केही प्रयोगशालाको समेत सहयोग लिएर विकसित गरेका हुन् ।

कोरोनाभाइरस संक्रमण कति गम्भीर हुन सक्छ भन्ने दर्शाउनको लागि यी तस्वीर लिइएका हुन् । यी तस्वीरमार्फत संक्रमणको गम्भीरता सहजै बुझ्न सकिन्छ । यी हाइ पावर माइक्रोस्कोपिक तस्वीरले श्वासन तन्त्रको सतहमा ठूलो संख्यामा भाइरस पार्टिकललाई दर्शाउँछन् जो अन्य तन्तुहरुलाई संक्रमित गर्न र अन्य मानिसहरुमा संक्रमण फैलाउन तयार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *