बेहोस बनाएर अभिनेत्रीमाथि बलात्कार गर्ने अभिनेतालाई जेल
नयाँदिल्ली । अभिनेत्रीमाथि बलात्कार गरेको अरोपमा हिन्दी र भोजपुरी फिल्मका अभिनेता हैदर काजमीलाई जेल सजाय भएको छ । हैदरलाई गएको अक्टुबर ९ मा एक अभिनेत्रीमाथि बलात्कार, सेक्सुअल एब्यूज, ह्यारेसमेन्ट र धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो ।
त्यसपछि उसलाई १६ अक्टुबरसम्मका लागि न्यायीक हिरासतमा राखिएको थियो । मंगलबार मुम्बईको अँधेरी अदालले सुनुवाईपछि आर्थर रोड जेल पठाएको भारतीय सञ्चारमाध्यमले जाएका छन् ।
समाचारअनुसार अब हैदरलाई तीन महिनासम्म कुनै जमानत मिल्नेछैन । किनभने यति समय चार्जसिट दायर गर्न लाग्नेछ । चार्जसिट दायर भएपछि मात्र उसले जमानतका लागि अपिल गर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गिरफ्तारीपछि हैदरले आरोप भुटा भएको बताउने प्रयास गरेको तर, पीडित अभिनेत्रीले तमाम प्रमाण जुटाएर उसलाई जेल पठाएकी हुन् ।
हैदरकी बहिनी अनीश काजमी पनि यस मुद्दामा बराबर दोषीको आरोपी हुन् । हाल उनी फरार रहेको र अदालतले वारेण्ट जारी गरेको बताइएको छ । नशीसले चियामा नशालु पद्धार्थ मिसाएको र त्यसपछि अभिनेत्री बेहोस भएको बताईक्को छ । बेहोस रहेको बेला नै हैदरले रेप गरेको बताइएको छ ।
पीडित अभिनेत्रीले भर्सोभा प्रहरीमा एफआईआर दर्ता गराउँदा सो कुरा भनेकी हुन् । हैदर एएससी डिजिटल कम्पनीका मालिक र भोजपुरी एक्टर हुन् । उसले २०१७ मा रिलिज भएको जिहाद फिल्ममा काम गरेको थियो । उसकी बहिनी एएससी डिजिटल कम्पनीकी निर्देशक हुन् । पीडित अभिनेत्रीले जिहाद फिल्ममा काम गरेको बताइएको छ ।
नाम नबताउे शर्तमा पीडित अभिनेत्रीले भनेकी छन्, ‘फेब्रुअरी २०१२ मा मेरो भेट हैदरसँग उसको अँधेरी इस्टस्थित अफिसमा एक शूटका क्रममा भएको हो । त्यहाँ हामीबीच व्यापारका विषयमा पनि कुराकानी भयो । मेरो आफ्नै डिजिटल ब्यापार छ । मेरो गूगलका साथै यूट्यूब च्यानलका लागि डाइरेक्ट पार्टनरशिप छ । यसै कारण उ मेरो क्लाइन्ट बन्यो । म आफ्नी आमा, बहिनी र भाईसँगै मुम्बईमा बस्छु । मेरा बाबु कतारमा बस्छन् । उसले मेरोबारेमा सबै जानकारी लिएर राम्रा राम्रा कुरा गरेर मेरो परिवारसँग सम्बन्ध बढायो ।’
‘जून २०१२ को शनीबार साँझ उसले मलाई अफिसमा बोलायो । उसका सबै स्टाफ गइसकेका थिए । मिटिंगका क्रममा हैदरकी बहिनीले चिया खुवाइन् जसमा नशालु पद्र्धाथ मिसाइएको थियो । यसपछि हैदेरले मसँग प्रेम भएको बतायो । अनि मसँग बिहे गर्ने प्रस्ताव गर्यो । तयसपछि उसले मलाई ह्यारेस गर्यो, बेहोशीको अवस्थामा रेप पग्यो । होसमा आएपछि दुबै भाई बहिनीले मलाई धम्की दिए । उनीहरुले मेरो अश्लि भिडियो बनाएको धम्की दिए । यसकारण म चुप लाग्न बाध्य भएँ ।’
उनी भन्छिन्, ‘मे २०१८ सम्म उसले मलाई शारीरिक ह्यारेस गर्यो । जब मैले उसलाई ब्लक गरेँ उसले मलाई र मेरी आमालाई धम्की दियो । यसै कारणले मेरी आमालाई हार्ट अट्याक भयो । यो विषय शटआउट गर्ने भन्दै उसले मलाई एक अफिसमा बोलायो । मैले सुरक्षाका कारण एक साथी लिएर गएँ। तर उसले त्यहाँ आफ्ना भाईबहिनीका अगाडी मलाई फिजिकल्ली अशल्ट गर्न शूरु गर्यो । यसैबीच मैले फोन गरेर प्रहरीलाई बोलाएँ अनि प्रमाण पेश गरेँ ।’
Facebook Comment