विश्वमा कोरोना : २४ घण्टामा १ लाख ८० हजार संक्रमित, तीन हजार बढीको मृत्यु

डिसी नेपाल
३० भदौ २०७७ ७:४९

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ८० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् भने तीन हजार भन्दा धेरैको मृत्यु भएको छ। सबैभन्दा धेरै भारतमा ८१ हजार संक्रमित थपिएका छन्। विश्वभर हालसम्म २ करोड ९३ लाख ७० हजार मानिस संक्रमित भइसकेका छन्।

ती मध्ये ९ लाख ३१ हजार ७४ जनाको मृत्यु भएको छ। हालसम्म २ करोड ११ लाख ८० हजार उपचारपछि निको भएका छन्। अहिले विश्वभरमा ७२ लाख ५८ हजार ८७४ संक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा हालसम्म ६७ लाख ३० हजार ७८६ जना संक्रमित भएका छन्। ती मध्ये १ लाख ९८ हजार ७६७ जनाको मृत्यु भएको छ भने ४० लाख २ हजार ८७४ जना उपचारपछि निको भएका छन्।

दोस्रो नम्बरमा रहेका भारतमा ४९ लाख २६ हजार ७३४ जना संक्रमित भएका छन् भने ८० हजार ८२७ जनाको मृत्यु भएको छ। त्यहाँ ३८ लाख ५५ हजार ९८३ जना उपचारपछि निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ४३ लाख ३५ हजार ६६ जना संक्रमित छन् भने १ लाख ३१ हजार ७३६ जनाको मृत्यु भएको छ। ब्राजीलमा ३५ लाख ७३ हजार ९५८ जना कोरोना मुक्त भएका छन्। रुसमा १० लाख ६८ हजार ३२० जना संक्रमित भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ। त्यहाँ ८ लाख ७८ हजार ७ सय कोरोना मुक्त भएका न्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *