सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच मंगलबार शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानवजातिलाई परेको कोरोना संकट पारगर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे।
सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुइदेशका संसदबीचको सहकार्य र थाँती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे। चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जावेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोप्रति आभार प्रकट गरे।
उनले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे।
Facebook Comment