अब मृत्यु भइसकेपछि कोरोना परीक्षण नहुने, मलामी क्वारेन्टिन बस्नुपर्ने

डिसी नेपाल
३१ भदौ २०७७ १७:२६

काठमाडौं। अब मृत्यु भइसकेपछि कोरोना परीक्षण नहुने भएको छ। यसअघि मृत्यु भएको एकहप्तापछि पनि कोरोना पोजिटिभ भएको रिपोर्ट आउने गरेको थियो। तर, अब कोरोनाको शंकामा स्वाब परीक्षणका लागि दिइसकेपछि शंकास्पद विरामीको मृत्यु भएमा उसको कोरोना परीक्षण गरिने छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘शंकास्पद विरामीको मृत्यु भएमा उसको कोरोना परीक्षण गरिने छैन।’

उनले शंकास्पद विरामीको मृत्यु भएमा उसको अन्तिम संस्कारमा सहभागी हुने र अघिल्लो दिनसम्म पनि सम्पर्कमा रहने व्यक्ति भने क्वारेन्टिन बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए। उनले शंकास्पद विरामीको मृत्यु भएमा उसको अन्तिम संस्कारसमेत सुरक्षित रुपमा गर्नुपर्ने निर्णय गरिएको बताए।

यस्तै स्वास्थ्य मन्त्रालयले अब कोरोना पोजिटभको ठेगना हाल बसिरहेको स्थान खुलाउने निर्णय भएको बताए। यसअघि व्यक्ति जुनसुकै स्थानमा सबे पनि उसको स्थायी ठेगानामात्र खुलाउने गरिएको थियो। जसका कारण तथ्यांकमा गडबडी हुने गरेको थियो। बाहिर जिल्लाबाट काठमाडौंमा बस्दै आएका व्यक्ति कोरोना संक्रमित भएर काठमाडौंमै रहे पनि उसको बाहिर जिल्लाको ठेगना बताउने गरिएकाले काठमाडौंमा कति विरामी छन् भन्ने वास्ताविक तथ्यांक संकलन हुने गरेको थिएन। तर, सरकारको पछिल्लो निर्णयले तथ्यांकलाई अलि विश्वासिलो बनाउने देखिएको छ।

प्रवक्ता गौतमले बिहीबारदेखि आम मानिसहरु पूर्वत दैनिकीमा फर्किने भन्दै सुरक्षित तरिकाले काम गर्न अपील गरेका छन्। उनले भने, ‘कोरोना संक्रमणको जोखिम घटेकाले सार्वजनिक यातायात तथा आन्तरिक उडान शुरु गर्न लागिएको होइन। जोखिम उत्तिकै छ। त्यसैंले आफैले सुरक्षा मापदण्ड पूरा गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *