पहिरोले जेठदेखि अवरुद्ध भएको सडक सञ्चालनमा

डिसी नेपाल
१ असोज २०७७ १८:१९

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकाको वडा नं ७ र ८ मा अवरुद्ध सडक सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा गत जेठ महिनादेखि आवत जावत बन्द भएको थियो ।

रुकुमकोट–धाउने–भेरीखोला–सोलाबाङ सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरो हटाउनुका साथै भलले चिरेको खाल्टाखुल्टी पुरेपछि सडक सञ्चालन आएको गाउँपालिकाले जनाएको छ । यी वडाका कौछे, चिसापानी, तुसारेखोला र भेरी खोलामा पहिरो झरेको थियो ।

चार दिन लगाएर गाउँपालिकाले पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् । अवरुद्ध सडक खुलेपछि नागरिक औधि खुशी भएका छन् । नागरिकलाई जिल्ला सदरमुकाम रुकुमकोटका साथै रुकुम पश्चिमका विभिन्न ठाउँमा पुग्न सहज भएको स्थानीय हीरा रावतले जानकारी दिए । सडक बन्द भएपछि नागरिकलाई आवतजावत गर्नुका साथै उत्पादनलाई बजारसम्म पु¥याउन समस्या भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *