राष्ट्रिय सभाको गरिमा बढाउने छु, अरु कुनै स्वार्थ छैनः वामदेव

डिसी नेपाल
१ असोज २०७७ १८:५२

काठमाडौं। राष्ट्रिय सभा सदस्यको सपथ लिएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूले राष्ट्रिय सभाको गरिमा बढाउने बताएका छन्। मन्त्रिपरिषदको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डराीले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्। बिहीबार नै उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

२०७४ को आम निर्वाचनमा बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका उनी काँग्रेस उम्मेदवार सञ्वय गौतमसँग पराजित भएका थिए। त्यसपछि पटक पटक प्रतिनिधिसभामा फेरि उम्मेदवार हुने प्रयास गरेका गौतम अन्ततः राष्ट्रिय सभा सदस्य बनेका छन्।

सपथ लिएपछि प्रतिक्रिया दिँदै गौत्मले भने, म नेपालको संविधान बमोजिम यहाँ उपस्थित भएको छु। राष्ट्रिय सभाको कामकारबाहीमा मैले आफूलाई प्रस्तुत गर्नेछु। मेरो त्यो भन्दा अर्को उद्देश्य, लक्ष्य र स्वार्थ छैन। ‘म तपाईंहरुको भावनालाई कदर गर्छु, म राष्ट्रिय सभाको गरिमा बढाउनको निम्ति नेपालको संविधान र राष्ट्रिय सभाको नियमावली बमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न आएको छु।’ उनले राष्ट्रिय सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठालाई गिराउने गरी कुनै क्रियाकलाप नगर्ने बताए।

उनले भने, ‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, नेपालको राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्नेछु ।’

‘आफूलाई सपथ ग्रहण गराउनले राष्ट्रिय सभा अध्यक्ष णेशप्रसाद तिमल्सिना कुनै बेलामा आफ्नो कार्यकर्ता रहेको उनले बताए। उनले भने, ‘मैले पार्टीको सदस्यता प्रदान गरेको थिएँ। आज मैले सदस्यता प्रदान गरेको एउटा कमरेड राष्ट्रिय सभाको अध्यक्ष हुँदा मेरो छाती गर्वले फुलेको छ, म उहाँप्रति हार्दिकहार्दिक आभार प्रकट गर्न चाहन्छु। यो अवसर मैले जीवनमा पाएको थिइनँ। आज गरिमा प्रदान गर्नै सम्पूर्ण महानुभावलाई धन्यवाद दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *