सशस्त्रका गोताखोरहरुको भत्ता बढ्यो

डिसी नेपाल
२ असोज २०७७ ८:०४

काठमाडौं। नेपाल सरकारले नदी, खोला र पोखरीमा दुर्घटनाबस डुबेकाहरुलाई उद्धार गर्ने गोताखोरहरुको दैनिकभत्ता बढाइदिने निर्णय गरेको छ। जोखिमबढी सेवासुविधा कम पाएका कारण गोताखोरहरु काम छोड्दै हिँड्न थालेपछि उनीहरुलाई थुम्थुम्याउन दैनिकभत्तामा बृद्धि गरिएको हो।

गृहमन्त्रालयको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषद्को आसोज १ गते बसेको बैठकले ती गोताखोरहरुको दैनिक भत्तामा रु तीनसय थप गरिदिने निर्णय गरेको हो। गोताखोरहरु सबै नै सशस्त्र प्रहरी बलका फौजीहरु हुन्।

सशस्त्र प्रहरी बलले चितवनको कुरिनटारमा विपत् व्यबस्थापन तालिम केन्द्र खोलेर आफ्ना इच्छुक फौजी युवाहरुलाई गोताखोरको तालिम दिँदै आएको छ। सशस्त्र प्रहरीसँग ४४ जना गोताखोरहरु कार्यरत रहेको अवस्थामा सेवा,सुविधा काम अनुसारको नभएको गुनासो गर्दै ७ जनाले जागिर नै छोडिदिएका थिए।

हाल सशस्त्रमा ३७ जना गोताखोरहरु कार्यरत छन्। त्रिशुलीलगायतका गहिरा नदीहरुमा ठूला बसहरु तथा अन्य सवारी साधनहरु पल्टिर डुबै उद्धार हुन नसक्दा ठूलो धनजनको क्षति हुँदै आएको परिस्थितिमा गोताखोरहरुलाई थप प्रोत्साहनको आवश्यकता छ ।

यस्ता उद्धारको काममा स्वदेशी जनशक्ति उपलब्ध नहुँदा बंगलादेशलगायतका मुलुकबाट गोताखोरहरु झिकाई मृत्यु परन्त नै भएपनि अन्तिम संस्कारका लागि शव झिक्न लगाइने गरिन्थ्यो।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय तरिकाले त्रिशुली नदीमा गाडी खसेर मृत्यु हुँदा उद्धारका लागि बंगलादेशबाट गोताखोरहरु मगाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *