घिसिङको समर्थन गर्नेहरुमाथि प्रहरीले गरेको कुटपिटबारे छानविन हुने

डिसी नेपाल
३ असोज २०७७ २०:२३

काठमाडौं। विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरी बर्बरतापूर्ण कुटपिट गरेको विषयमा आलोचना भएपछि त्यसमाथि प्रहरी आफैले छाविन गर्ने भएको छ। प्रहरी बिहीबार बब्लु गुप्ता र शुक्रबार मनिष श्रेष्ठमाथि कुटपिट गरेको थियो। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए।

भिडियो भाइरल भएपछि कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने भन्दै सवत्र प्रहरीको आलोचना भएको थियो। दबाब बढेपछि प्रहरीले छानविन समिति गठन गरेर सो विषयमा छानविन गर्ने भएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ। १०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले नियन्त्रणमा लिनु अघि र पछि कुटपिट गरेको थियो। शुक्रबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा भने प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको थियो।

रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा डीएसपी भावेश रिमाल र प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल रहेको समिति गठन गरिएको प्रहरीले जनाएको छ। समितिलाई पाँच दिनमा प्रतिवेदन समय दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *