विश्वभर कोरोना : गत २४ घण्टामा ३ लाख १३ हजार बढी संक्रमित थपिए, ६ हजार बढीको मृत्यु

डिसी नेपाल
८ असोज २०७७ ७:०७

काठमाडौं। विश्वभर गत २४ घण्टामा ३ लाख १३ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै ६ हजार बढीले कोरोनाका कारण २४ घण्टामा ज्यान समेत गुमाएका छन्।

वल्र्डोमिटरको तथ्याङ्क अनुसार भारतमा ८९ हजार ६ सय ८८ सँगै कोरोना संक्रमित हुनेको संख्या ५७ लाख ३० हजार पुगेको छ। जसमध्ये ९१ हजार १ सय बढीले ज्यान गुमाइसकेका छन् भने ९ लाख ६१ हजा १ सय बढी सक्रिय संक्रमितको संख्या रहेको छ। हालसम्म भारतमा ४६ लाख ७१ हजार ७ सय बढी कोरोनाका संक्रमितहरु निको भएका छन्। भारतमा गत २४ घण्टामा कोरोनाका कारण १ हजार बढीले ज्यान गुमाएका छन।

अमेरिकामा भारतपछि ४१ हजार ४ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा भेटिएका छन। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या ७१ लाख ३९ हजार ३ सय बढी रहेको छ। २५ लाख ३५ हजार ४ सय बढी सक्रिय संक्रमित रहेको अमेरिकामा हालसम्म २ लाख ६ हजार ५ सय बढीले ज्यान गुमाएका छन्। कोरोनाका कारण गत २४ घण्टामा अमेरिकामा १ हजार १ सय बढीले ज्यान गुमाए। हालसम्मा अमेरिकामा ४३ हजार ९७ हजार बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन।

ब्राजिलमा गत २४ घण्टामा ३२ हजार ४ सय बढी कोरोनाका संक्रमितहरु थपिएक छन। योसँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ४६ लाख २७ हजार बढी रहेको छ। हालसम्म ब्राजिलमा ३९ लाख ९२ हजार बढी संक्रमितहरु संक्रमण मुक्त भएका छन् भने १ लाख ३९ हजार बढीले कोरोना कै कारण ज्यान समेत गुमाएका छन्। कोरोनाका ४ लाख ९५ हजार सक्रिय संक्रमित रहेको ब्राजिलमा गत २४ घण्टामा ९ सय बढीले ज्यान गुमाएका छन।

यस्तै गत २४ घण्टामा फ्रान्समा १३ हजार बढी संक्रमितहरु थपिएका छन भने करिव ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। फ्रान्सपछि अर्जेन्टिनामा १२ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन। ४ सय बढीले कोरोनाका कारण ज्यान गुमाएको अर्जेन्टिनामा १ लाख २४ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ। फ्रान्समा सक्रिय संक्रमितको संख्या ३ लाख ५६ हजार बढी रहेको छ।

इजराइल र स्पेनमा ११ हजार बढी संक्रमितहरु थपिएका छन्। कोलोम्बिया, रसिया, यूके र पेरुमा ६ हजार बढीका दरले गत २४ घण्टामा कोरोनाका संक्रमितहरु थपिएका छन। इराकमा ५ हजार, मेक्सिको र इन्डोनेसियामा ४ हजार बढीका दरले कोरोनाका संक्रमितहरु थपिएको वल्र्डोमिटरको तथ्याङ्कले देखाएको छ।

हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ३ कराेड २० लाख ८३ हजार ५ सय बढी पुगेकाे छ। मृत्यु हुनेमा ९ लाख ८१ हजार २ सय बढी रहेका छन। यस्तै, २ कराेड ३६ लाख ६७ हजार ४ सय बढी काेराेना संक्रमितहरू संक्रमण मुक्त भएका छन। हालसम्म ७४ लाख ३४ हजार ९ सय बढी काेराेनाका सक्रिय संक्रमितहरू रहेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *