थप १४९७ जनामा कोरोना पुष्टि, ४५७ डिस्चार्ज; १७ जनाको मृत्यु
काठमाडौं । बिहिबार देशभर एक हजार ४९७ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ४९७ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।
हालसम्म ५० हजार ४११ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ४५७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेका छन्।
Facebook Comment