शाहरुखका गालामा कसले लगाए लिपस्टिकको दाग (भिडियो सहित)
काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, काजोल देवगन र रानी मुखर्जि स्टारर सुपरहिट बलिउड चलचित्र ‘कुछ कुछ होता है’ रिलिज भएको २० वर्ष भइसक्यो। करण जोहरको निर्देशनमा बनेको यो चलचित्र बलिउडका सदाबहार चलचित्रमा गनिन्छ।
चलचित्र रिलिज भएको २० वर्ष पुगेको उपलक्ष्यमा मुम्बैको पाँच तारे होटलमा धुमधामसँग जस्न मनाइयो। कार्यक्रममा चलचित्रका पुरै कास्ट र क्रूसँगै बलिउडका धैरै हस्तिहरु उपस्थित थिए। यसैबीचमा चलचित्रको मुख्य भूमिकामा रहेका शाहरुख, काजोल र रानी मिडियासामु उपस्थित भए।
यस दौरान काजोल र रानी शाहरुखलाई किस गरिरहेको देखिए। किस गरेर शाहरुखका दुइवटै गालामा लिपस्टिकको छाप बसेपछि काजोल र रानीले आफ्नो हातले निसान मेटाए। ३ जनाको क्यूट क्यामेस्ट्रिले भरिएको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
Facebook Comment