काठमाडौं उपत्यकामा थपिए ७२४ संक्रमित, ४ जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २६४ महिला र ४६० पुरुष गरी थप ७२४ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ५८३ (१९९ महिला, ३८४ पुरुष), भक्तपुरमा ६३ (२८ महिला, ३५ पुरुष), ललितपुरमा ३७ (३७ महिला, ४१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका दुई पुरुष, ललितपुर र भक्तपुरका एक/एक पुरुष रहेका छन्।
प्रतिक्रिया
Facebook Comment