शान्ति स्थापना गर्न कंगो पुगेका नेपाली सेना आपसमै भिडेपछि…

डिसी नेपाल
१० असोज २०७७ १७:२५

काठमाडौं। नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन थालेको छ। संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा शुक्रबार राति भएको घटनालाई लिएर अनुसन्धान गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वारी गठन गरेको सैनिक मूख्यालयले जनाएको छ।

मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक जवानहरुलाई दुव्र्यवहार गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सेनाले त्यसको सत्य तथ्य पत्ता लगाउनको लागि अनुसन्धान थालेको हो। सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको विषयमा जानकारी पाउने बित्तिकै शान्ति सेना निर्देशनालयमार्फत अनुसन्धानको काम अघि बढाइएको बताए।

तीजना क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेको स्रोतको दावी छ। सैनिक जवानले मदिरा सेवन गरी मर्यादा नाघेको कारण उनलाई कुटपीट गरिएको भने पनि अहिलेसम्म यथार्थ जानकारी नभएकाले छानविन समिति बनाएको जंगी अड्डाले जनाएको छ। ज्वाला गणबाट खटिएका ती सैनिकको शरीरमा गहिरो नीलडाम देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *