अमेरिकी वैज्ञानिकले पत्ता लगाए कोरोनाभाइरसको उपचार, करिब शतप्रतिशत सफल

डिसी नेपाल
११ असोज २०७७ १३:४०

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले कोरोनाभाइरसको उपचारको खोजी गरेको बताएका छन् । वैज्ञानिकहरुले यो उपचार करिब शतप्रतिशत सफल रहेको दावी समेत गरेका छन् । अमेरिकाको फ्लोरिडास्थित एडभेन्टहेल्थ अस्पतालका डाक्टरहरुका अनुसार उनीहरुले ४ किसिमका औषधिहरु मिलाएर एक थेरापी विकसित गरेका छन् । यो थेरापीको नाम आइसीएएम हो र यो कोरोनाभाइरसको उपचारमा लगभग शतप्रतिशत सफल देखिएको छ ।

डाक्टरहरुका अनुसार यो थेरापीलाई रोग प्रतिरोधी क्षमता बढाउने लक्ष्यको साथमा तयार गरिएको हो । फक्स ३५ ओरलान्डोमा प्रकाशित रिपोर्टअनुसार नयाँ थेरापी विकसित गर्ने डाक्टरहरुले रोग प्रतिरोधी क्षमता बढाउने साथसाथै फोक्सोमा हुने इन्फ्लेमेसनबाट बचाउने कुरालाई पनि ध्यान दिएका छन् । अब यो नयाँ थेरापीको क्लिनिकल ट्रायल सुरु गरिँदैछ र डाक्टरहरुले यसको सकारात्मक नतिजा आउने अपेक्षा गरेका छन् । यदि आइसीएम थेरापी सुरक्षित र प्रभावकारी प्रमाणित भएमा बिरामीहरुलाई यो थेरापीबाट अस्पतालमा भर्ना नगरी उपचार गर्न सकिनेछ ।

अहिलेसम्म कोरोनाभाइरसको यस्तो उपचारको खोजी हुन सकेको छैन जसले कोरोनाभाइरसका गम्भीर बिरामीको ज्यान बचाउन सकोस् । अर्कोतर्फ विश्वभर अहिले कैयौं कोरोनाभाइरस भ्याक्सिनहरु ट्रायलका विभिन्न चरणमा छन् । यही बीचमा कैयौं विशेषज्ञहरुले केवल भ्याक्सिनको भरमा कोरोनाभाइरस महामारीलाई समाप्त गर्न नसकिने बताएका छन् । भ्याक्स्निले हरेक व्यक्तिलाई सुरक्षा दिन्छ भन्ने जरुरी नभएको भन्दै उनीहरुले अन्य विकल्पको पनि खोजी गरिरहेका छन् ।

एडभेन्टहेल्थ हस्पिटलकी फार्मेसी निर्देशक कार्लेट नोरवुड विलियम्सले फक्स ३५ सँग भनिन् ‘अध्ययनको नतिजा आएपछि हामीले अर्को चरणको जानकारी पाउनेछौं ।’ उनका अनुसार आइसीएएमले संक्रमितलाई गम्भीर बिरामी हुनबाट बचाउँछ त्यसैले उनीहरुलाई भेन्टिलेटरमा राख्ने आवश्यकता पर्दैन । अनुसन्धानकर्ताका अनुसार नयाँ थेरापीबाट ९६.४ प्रतिशत बिरामीको ज्यान बचाउन सकिन्छ ।

अनुसन्धानकर्ताहरुले गएको अप्रिलदेखि नै यो थेरापीमा काम गरिरहेका छन् । डाक्६रहरुले यो पनि स्पष्ट पारेका छन् कि आइसीएएम कुनै औषधि होइन बरु यो थेरापीमा ४ औषधिहरुलाई एकसाथ प्रयोग गरिएको छ । यो थेरापीमा इम्युनोसपोर्ड ड्रग (भिटामिन सी र जिंक) कोर्टिकोस्टेरोइड्स, एन्टिकोगुल्यान्ट्स र म्याक्रोलिडेस प्रयोग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *