परीक्षा शुरु गर्नुअघि पीसीआर परीक्षण नगराउनुहोस्, त्यो अवैधानिक हो : स्वास्थ्य मन्त्रालय
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुले गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन गरेको छ।
पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बताए। ‘यो निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन,’ उनले भने, ‘लक्षण नभएका कनै पनि विद्यार्थीहरुलाई आर टी पीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न नगराउनु हुन अनुरोध छ।’
लक्षण भएका बिरामी, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने लगायतका बाहेक सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेष्ट गराउनु अवैधानिक भएको मन्त्रालयले जनाएको छ।
यस्तै यसअघि देशभरका प्रयोगशालाहरुले पीसीआर रिपोर्ट नेगेटिभ आएको खण्डमा सम्बन्धी ब्यक्तीलाई र पोजेटिभ आएको खण्डमा सरुवा रोग महाशाखामा पठाउने गरेको भए पनि अब दुवै अवस्थामा सम्बन्धीत ब्यक्तीलाई पठाउने पनि मन्त्रालयले जनाएको छ।
साथै संक्रमितहरुलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समन्वय गर्ने पनि मन्त्रालयले जनाएको छ।
Facebook Comment