मापदण्ड विपरितका ह्यान्ड स्यानिटाइजर प्रयाेग नगर्न आग्रह
काठमाडौँ। औषधि व्यवस्था बिभागले बजारमा बजारमा बिक्री वितरणमा रहेका ह्यान्ड स्यानिटाईजरहरुको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरित बिषाक्त रसायन ‘मिथानोल’ समावेश भएको पाइएको छ।
‘आर केमीकल एन्ड पयाकिङ इन्डस्ट्रीज पर्सा’को ‘कुम ह्यान्ड स्यानीटाइजर ५ लिटर (ब्याच नं ०३)’मा २५ प्रतिशत ‘आइसोप्रोपइल अल्कोहल’ र ‘क्लीन ह्यान्ड स्यानीटाइजर ५ लिटर(ब्याच नं ०३)’ मा ८ प्रतिशत मिथानोल र इथानोलको समेत मिश्रण पाइएको विभागले जनाएकाे छ।
‘कुमकुम हर्बल इन्डस्ट्रीज बनेपा’ को ‘कुमकुम इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाईजर जेल’ ५०० मि लिर (ब्याच नं ०१)मा ५२ प्रतिशत मिथानोल र इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाईजर जेल ५ लिटर(ब्याच नं ०१)मा ७२ प्रतिशत मिथानोल पाइएको हाे।
ओम आरोज्ञ्या हेल्थ कियर ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाइजर ओरिजिनल १ लिटर(ब्याच नं ओए ०८) ७५ प्रतिशत मिथानोल ‘साधना सपलायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाइजर ५ लिटर(ब्याच नं ०५) मा ४१ प्रतिशत मिथानोल, कालीका सोप एन्ड केमीकल काठमाडौंको ड्रोन ह्यान्ड स्यानीटाइजर पहेँलो रङको र रङ्गरहीन दुवै ५०० मि लि(ब्याच नं ०५)मा ३२ प्रतिशत मिथानोल, १० प्रतिशत इथानोल र आइसोप्रोपाइल अल्कोहल ३२ प्रतिशत भेटिएको छ।
यस्तै भारतीय कम्पनी शिभिका कस्मेटीकल्सको हर्बल ट्रि ह्यान्ड रब ५०० मि लि(ब्याच नं २७३)मा समेत ६२ प्रतिशत मिथानोल फेला परेको छ।
उक्त कम्पनीहरुले ‘‘इन्स्ट्यान्ट ह्यान्ड स्यानीटाईजर (अल्कोहल बेश) सम्बन्धी स्तर २०७६’’ मापदण्ड बिपरित समिश्रण पाइएको छ। विभागले त्यस्ता स्यानीटाइजरहरुको उत्पादन तथा बिक्रीबितरणमा रोक राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गर्दै एक सूचना जारी गरेको छ।
Facebook Comment