पछिल्लो २४ घण्टामा थप १३५१ जनामा संक्रमण, ४ जनाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७७ १७:००

 

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

उनीहरुमध्ये ४ सय ८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ७ सय४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *