शहरी पूर्वाधार विकासमा विश्व बैंकले साढे १७ अर्ब लगानी गर्ने
काठमाडौं । विश्व बैंकले शहरी पूर्वाधार विकासमा साढे १७ अर्ब लगानीगर्ने भएको छ । बैंकले मंगलबार १५० मिलियन डलर (१७ अर्ब ६६ करोड रुपैयाँ) बराबरको शहरी सेवाप्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी परियोजना स्वीकृत गरेको हो ।
परियोजनाबाट संघियतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै सेवाप्रवाहको संस्थागतक्षमता वृद्धि गर्ने बैंकले जनाएको छ । यसबाट कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथी उठाउनका लागि समेत सहयोग पुग्नेछ ।
परियोजनाबाट नेपालका दोस्रो सहरहरुको प्रभावकारी स्थानिय सेवा पुर्याउन र महामारीबाट कमजोर भएकालक्षित समूहलाई माथी उठाउन सहयोग पुर्याउने बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका कन्ट्री म्यानेजर फारिस हदादजर्भोसले बताए । यसबाट नगरबालिको क्षमता वृद्धि गर्न, स्थानिय उत्तरदायित्व बढाउन र कमजोर समूहलाई छोटो अवधिको रोजगारी दिएर कोभिडको प्रभावबाट बाहिर ल्याउन मद्दत गर्ने उनले दावी गरे ।
परियोजनापूर्वी तराईका प्रदेश नं १ र २ का नगरपालिका तथा पश्चिममा गण्डकी प्रदेश र प्रदेश नं ५ का नगरपालिकाहरुमा लागू हुनेछ ।
परियोजनाबाट २० हजार अस्थायी रोजगारी समेत सिर्जना हुने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Facebook Comment