सम्झना विकका हत्या आरोपी सार्वजनिक, प्रमाण बोले पनि आरोपित बोलेनन्

डिसी नेपाल
१४ असोज २०७७ ७:१७

बझाङ। बझाङ प्रहरीले सम्झना विकका हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो। ७ असोजमा मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया सम्झना विकको हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस दिन हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।

राजेन्द्र विरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ। सोही ठाउँकी नाम परिवर्तित १३ वर्षीया बालिका सिता विकलाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै डिएसपी रुपक खड्काले भने, बोहोराले बलात्कार पछि हत्या गरेको सबै प्रमाणहरु भएको र प्रमाणले बोहोरा नै आरोपित रहेको बताएका छन्।

आरोपित बोहोराले भने यस विषयमा मुख खोलेका छैनन्। आरोपितका बुवा बीरबहादुर बोहोराले भने आफ्नै छोराले त्यो घटना गराएको हो होइन यसै भन्न नसकिने बताउँदै यदि हो भने फाँसीको सजाय दिनुपर्ने उनले बताए। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *